काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेकपा एमालेको ७ मंसिरमा हुने प्रदर्शन प्रति असन्तुष्टि जनाएको छ।
एमालेले आफ्नै पार्टी अध्यक्ष केपी शर्मा ओली विरुद्ध प्रदर्शन गर्न लागेको आशयका रूपमा बुझ्न सकिने दाबी रास्वपाका कार्यबाहक प्रवक्ता मनिष झाले गरेका हुन्।
केन्द्रीय समितिको बैठकपछि झाले भने, ‘सत्ता पक्षले डेलिभर गर्ने काम हो। तर, के भइरहेको छ, उहाँहरूले सडकमा आएर जनप्रदर्शन गर्ने रे प्रधानमन्त्रीको पार्टीले।’
त्यस्तै एमालेले गर्न लागेको प्रदर्शनको स्थान प्रति पनि रास्वपाले असन्तुष्टि व्यक्त गरेको छ।
व्यावसायिक रूपमा महत्त्वपूर्ण स्थानमा एमालेको प्रदर्शन गर्दा पार्ने प्रभावबारे झाले प्रश्न गरेका छन्।
नागरिकको दैनिकी नै प्रभावित हुने गरी सरकारमा रहेको दलले प्रदर्शन गर्नु अनुपयुक्त हुने झाको तर्क रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।