काठमाडौँ- आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ। जसअनुसार विधायन, व्यवस्थापन समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ मा दफावार छलफल हुनेछ।
त्यस्तै बिहान साढे ११ बजे बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा स्थलगत अनुगमनको प्रतिवेदनको मस्यौदाउपर छलफल हुनेछ।
आज अर्थ समितिको बैठक पनि बोलाइए पनि अन्तत: स्थगित गरिएको छ। बैठकमा समितिमा प्राप्त बिधेयकहरुमाथिको कार्यवाहीको लागि प्राथमिकता र कार्ययोजना सम्बन्धमा छलफल गर्ने तयारी थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।