काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ। आज साँझका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित गरेर दुई दलका शीर्ष नेताहरू छलफलमा जुटेका हुन्।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहित दुवै दलका शीर्ष नेताहरू सहभागी छन्।
बैठकमा कांग्रेसबाट महामन्त्री गगन थापा, परराष्ट्रमन्त्री आरजु राणा, एमालेबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उपमहासचिव विष्णु रिमाल सहभागी छन्।
बैठकमा प्रधानमन्त्रीको आसन्न चीन भ्रमणलगायत असामयिक विषयमा छलफल भइरहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।