काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आकस्मिक केन्द्रीय समिति बैठक बोलाएको छ।
मंगलबार अपराह्न ५:३० बजे केन्द्रीय कार्यालय च:मतिमा बस्ने गरी केन्द्रीय कार्यसमिति बैठक बोलाइएको उपसभापति डोलप्रसाद अर्याल (डिपी) ले जानकारी दिए।
उनकाअनुसार बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, उपनिर्वाचन तयारीलगायत विषयमा छलफल हुनेछ।
रास्वपा सभापति रवि लामिछानेलाई गत कात्तिक २ गते पार्टी कार्यालय च:मतिबाट प्रहरीले पक्राउ गरी पोखरा लगेको थियो।
लामिछानेमाथि सहकारी ठगी र संगठित अपराध कसुरमा अनुसन्धान भइरहेको छ। लामिछानेले पार्टीमा कार्यवाहक सभापति कसैलाई पनि तोकेका छैनन्।
तथापि उपसभापति अर्यालले नै बैठकको अध्यक्षता गर्दै आएका छन्। सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधेर हिरासतको बसाइ लम्ब्याएको भन्दै रास्वपाले सडक आन्दोलन गरिरहेको छ।
आइतबार मात्रै रास्वपाले दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।