काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई सीआईबीको कार्यालय पुर्याइएको छ। भक्तपुरस्थित आफ्नै घरबाट पक्राउ परेका उनलाई सीआईबीको कार्यालय पुर्याएर अहिले स्वास्थ्य चेकजाँजका चिरायू अस्पताल लगिएको छ।
मेडिकल गरेर उनलाई साइबर ब्युरो लैजाने तयारी छ। त्यसपछि म्याद थप गर्न प्रहरीले अदालत लग्नेछ। प्रसाईँविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम साइबर क्राइममा मुद्दा चलाइने सीआईबी प्रवक्ता एसपी होविन्द्र बोगटीले बताए।
उनका अनुसार तत्काल साइबर अपराधसम्बन्धी मुद्दामा म्याद थप गरिए पनि अनुसन्धानका क्रममा उनले गरेका अन्य कसुरसमेत आकर्षित हुने छ। उनीविरुद्ध कीर्ते र मानहानीको मुद्दासमेत चल्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।