काठमाडौँ- यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नर्सपा)ले नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई सहयोग गर्ने भएको छ।
माओवादी केन्द्रको उम्मेदवारी रहेका पालिका र वडाहरुमा सहयोग गर्ने नेसपाका महासचिव रमेश प्रसाद यादवले बताए।
नेसपा २०७९ मा सम्पन्न संघ र प्रदेशको निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचन लडेको थियो। अहिलेको स्थानीय तह उपनिर्वाचनमा पनि माओवादी केन्द्रको चुनाव चिह्न गोलाकार भित्रको हँसिया हथौडा लिएर सहभागी हुँदैछ।
शनिबार नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच काठमाडौंमा चुनावी तालमेल गर्ने निर्णय सहमति भएको थियो। सो सहमति अनुसार कीर्तिपुरको मेयर र वडाहरुमा एकीकृत समाजवादीले माओवादी केन्द्रका उम्मेदवारलाई सहयोग गर्ने र काठमाडौंको वडा नम्बर १६ मा माओवादी केन्द्रले एकीकृत समाजवादीका उम्मेदवारलाई सहयोग गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।