काठमाडौं– पाकिस्तानीमुलका हङकङका प्रारम्भिक ब्याट्सम्यान तथा कप्तान बाबर हायातलाई दीपेन्द्रसिंह ऐरीले रन आउटको शिकार बनाएका छन्। २९ रन बनाएर नेपालका लागि समस्या बन्दै गएका बाबरलाई कप्तान पारस खड्काको बलमा ऐरीले सिधै थ्रोमा रन आउट गराएका थिए।
पारसले गरेको १० ओभरको चौथो बलमा उनले छक्का प्रहार गरेपछि अर्को बलमा आउट भएका थिए। बाबरले २६ बलमा ४ चौका र १ छक्का प्रहार गरे। पाकिस्तानको अटकमा जन्मिएका बाबरले २०१४ मा नेपालसँगै टि–२० खेल्दै हङकङको राष्ट्रिय टिमबाट डेव्यु गरेका थिए।
उनले त्यतिबेला २५ बलमा २० रन बनाएका थिए। बाबरले टि–२० मा सतक बनाइसकेका छन्। उनले गत वर्ष ओमान विरुद्ध बंगलादेशमा १ सय २२ रन बनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।