काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध धर्मलाई राजनीतिक रूपबाट दुरुपयोग गर्ने प्रयास भइरहेको बताएका छन्।
बौद्ध बिहार संघको स्वर्ण जयन्ती शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिका लागि बुद्धिजमलाई माध्यम बनाएर ठगी गर्न नहुने बताएका हुन्।
उनले भने, ‘राजनीतिक हिसाबले आज बुद्धिजमलाई दुरुपयोग गर्न खोजिरहेका छन्। पोलिटिकल चिटिङ गरिरहेका छन्। त्यसका लागि बुद्धिजमको दुरुपयोग गर्न खोजेका छन्। त्यो कुरालाई हामीले निषेध गर्नुपर्छ। राजनीतिका लागि बुद्धिजमलाई माध्यम बनाएर ठगी गर्ने होइन। बुद्धिजमको शिक्षा बिल्कुल फरक हो। ’
प्रधानमन्त्री ओलीले बुद्धिजम सम्पूर्ण मानव जातिका लागि मित्रता, एकता, करुणा, सहनशीलता, सहअस्तित्व भएको बताए।
उनले थपे, ‘वैरभाव पलायो भने बुद्धिजम छैन। बुद्धिजममा धेरै राम्रा गुण छन्। यसमा जात र धर्मको आधारमा छुट्याउन हुँदैन। घृणावादी होइन, स्नेहवादी, करुणावादी, मानवतावादी बुद्धिजम आवश्यक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।