खलङ्गा- दार्चुलाको शैल्यशिखर नगरपालिका- ६ को बकजेबलामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ।
बिहीबार बिहानसम्म घटनास्थलबाट ६ जनाको शव संकलन गरिएकोमा अस्पताल पुर्याइएका थप दुई जनाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) राजिव बस्नेतले सबै मृतकको सनाखत भएको जानकारी दिए।
उनकाअनुसार मृतक मध्ये दुई जना भारतीय नागरिक, दुई जना बैतडीको डिलासैनी गाउँपालिका र अन्य ४ जना शैल्यशिखर नगरपालिकाका छन्।
मालिकार्जुन जात्राबाट गोकुलेश्वरतर्फ गइरहेको म१ज ३३८ नम्बरको जीप आज बिहान ४ बजे शैल्यशिखर नगरपालिका-५ मा पर्ने सिराडको खोलामा दुर्घटना भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।