• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख ९, २०८३ Wed, Apr 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

बागलुङको रक्तसञ्चार केन्द्रमा प्लेटलेट्स छुट्याउने उपकरण प्रयोगविहीन, बिरामी पोखरा धाउन बाध्य

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक २९, २०८१  १०:१४
1140x725

बागलुङ- धौलागिरि अस्पतालमा अहिले विशेषज्ञसहितको सेवा छ। जटिल प्रकारका रोगको समयमै अस्पतालमा उपचार भइरहेको छ। अस्पतालमा पछिल्लो समय जटिल प्रकारका शल्यक्रियासमेत भइरहेका छन्। उपचार र परीक्षणमा समेत नयाँ आधुनिक उपकरण भित्रिँदा बिरामीलाई सहज भएको छ। अस्पतालमा सेतो रगतको आवश्यक पर्ने बिरामीलाई भने उपचारमा समस्या भएको छ।

रक्त सञ्चार केन्द्रमा सेतो रगत (प्लेटलेट्स) नपाइँदा अस्पतालले जटिल प्रकारको समस्या देखिएर सेतो रगत चाहिने बिरामीलाई पोखरा पठाउनुपर्ने बाध्यता छ। गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले बागलुङ स्थित रक्तसञ्चार केन्द्रलाई दिएको रातो र सेतो रगत छुट्याउने उपकरण (कम्पानेन्ट सेन्ट्रिफ्युज) प्रयोगमा आउन सकेको छैन।

थप उपकरण र प्राविधिक जनशक्ति अभावमा उक्त उपकरण एक वर्षदेखि थन्किएको हो। विशेषगरी पछिल्लो समय डेङ्गुको सङ्क्रमण भई सेतो रगतको मात्रा घटेका बिरामीलाई सेतो रगत आवश्यक पर्दछ। यसो त डेङ्गीमा मात्र होइन, सर्पले टोक्दा, शल्यक्रिया गर्दा, अत्यधिक रक्तस्राव भएका बिरामीलाई समेत सेतो रगत आवश्यक पर्दछ। रक्त सञ्चार केन्द्र बागलुङमा सेतो रगत निर्माण गर्ने उपकरण अभावले समस्या छ। 

अस्पतालले डेङ्गु, कोभिड, क्यान्सर र सर्पले टोकेका, सेतो रगत कम उत्पादन हुने बिरामी, शल्यक्रिया गर्दा अत्याधिक रक्तस्राव भएका बिरामीलाई सेवा दिनका लागि सेतो रगत नभएको धौलागिरि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा किरण तिवारीले बताए। उनले सेतो रगतकै कारण उपचार सम्भव हुने बिरामीलाई समेत पोखरा, काठमाडौँ पठाउनुपर्ने बाध्यता रहेको बताउँदै रक्त सञ्चार र धौलागिरि अस्पतालले सेतो रगत उत्पादन गर्ने व्यवस्थाका लागि प्रक्रिया थालेको जानकारी दिए। 

सेतो रगतको अभाव हुँदा समस्या भएपछि अस्पतालले र रेडक्रसको रक्त सञ्चार केन्द्रको समन्वयमा समस्याको समाधानका लागि मिलेर काम गरिरहेको तिवारीको भनाइ छ। “डेङ्गुका बिरामीमा सेतो रगतको अभाव देखिन्छ, बिरामीको अवस्था हेरेर र ३० हजारभन्दा तल प्लेटलेट्स भएमा सेतो रगतको आवश्यकता हुन्छ, डेङ्गी लागेका सबै बिरामीलाई रगतै आवश्यकता पर्छ भन्ने छैन, जटिल अवस्थाका बिरामीलाई रगत आवश्यकता भएमा हामीले पोखरा पठाउँछौँ”, तिवारीले भने। 

nimb
nimb
Ncell 2
Ncell 2

यसरी बिरामीहरु जिल्लाबाहिर उपचार गर्न जानुपर्दा अनावश्यक खर्चसमेत हुने गरेको छ। स्वास्थ्य उपचारमा अत्यावश्यक रहेको सेतो रगत निर्माण गर्ने रु २२ लाखको उपकरण तीन वर्षदेखि रेडक्रसको रक्त सञ्चार केन्द्रमा थन्किएको छ। रक्त सञ्चार केन्द्रमा उपकरण थप, पूर्वाधार निर्माण गरी सेतो रगतको व्यवस्था मिलाउन पहल भइरहेको नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापति जगन्नाथ आचार्यले जानकारी दिए।

उनले सेतो रगतका लागि अहिलेको २२ लाखको उपकरणमा थप उपकरण ल्याउन ७२ लाख आवश्यक पर्ने बताए। तत्कालै सेवा सञ्चालनका लागि रु ३२ लाख रकम चाहिने बताउँदै स्थानीय पालिकाले सहयोग गर्ने आश्वासन दिएको अचार्यको भनाइ छ।

गण्डकी प्रदेश सरकारले सेतो रगत निर्माणका लागि रु १५ लाख, जैमिनी नगरपालिकाले रु तीन लाख र गलकोट नगरपालिकाले रु दुई लाख बजेट विनियोजन गरेको उनले जानकारी दिए। 

'रु २२ लाखको उपकरण भित्रिएको तीन वर्ष भयो, अन्य सहायक उपकरण र पूर्वाधार नभइ सेतो रगत निर्माण गर्न सकिएको छैन, यो वर्ष अन्य पालिकाले समेत रकम दिएमा सेतो रगत उत्पादन थाल्छौँ”, आचार्यले भने, “शल्यक्रिया गर्दा, सर्पले टोक्दा, कोभिड र डेङ्गीजस्ता रोगमा सेतो रगत अत्यावश्यक रहेछ, सेतो रगत बनाउन थालेपछि धौलागिरि अस्पतालमै जटिल प्रकारका बिरामीको उपचार हुने र बिरामीको आर्थिक भार कम हुन्छ।” दान गरेको रगतबाटै सेतो रगत बनाउन सकिने रातो रगत, प्लेटलेट्स र प्लाज्मा छुट्याउनलाई कम्पोटेन्ट मेसिन आवश्यकता पर्दछ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  १०:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको मूल्य बढ्यो
आज नेपाल र यूएईबीच दोस्रो खेल हुँदै
इरानसँग सम्झौता नभएसम्म नाकाबन्दी नहटाउने ट्रम्पको घोषणा
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
परराष्ट्रमन्त्री खनाल र अमेरिकी सहायक विदेशमन्त्री कपुरबिच भेटवार्ता मंगलबार, वैशाख ८, २०८३
सुनको मूल्य बढ्यो मंगलबार, वैशाख ८, २०८३
आज नेपाल र यूएईबीच दोस्रो खेल हुँदै मंगलबार, वैशाख ८, २०८३
इरानसँग सम्झौता नभएसम्म नाकाबन्दी नहटाउने ट्रम्पको घोषणा मंगलबार, वैशाख ८, २०८३
एप्पलका सीईओ टिम कुकले दिए राजीनामा मंगलबार, वैशाख ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विवादमा परेपछि गृहमन्त्री गुरुङले दिए स्पष्टीकरण सोमबार, वैशाख ७, २०८३
जापानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी सोमबार, वैशाख ७, २०८३
यी हुन् रास्वपाका १६ सचिवालय सदस्य (सूचीसहित) सोमबार, वैशाख ७, २०८३
त्रिभुवन विमानस्थलको उडान समय घटाइयो सोमबार, वैशाख ७, २०८३
अर्थमन्त्री डा वाग्ले र सबै मन्त्री तथा सचिवहरुबीच छलफल सोमबार, वैशाख ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्