• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सार्क क्षेत्रमा कस्तो प्रभाव पर्ला माल्दिभ्सको चुनावी परिणामले?

64x64
नेपाल लाइभ बिहीबार, असोज ११, २०७५  ११:४४
1140x725

काठमाडौं– राष्ट्रपतीय निर्वाचनमा माल्दिभ्सको सत्तारुढ दल पराजित भएपछि चीनको इन्डियन ओसनमा आफ्नो प्रभाव विस्तार गर्ने योजनामाथि तुषारापात भएको छ। दलगत रुपमा दुई धार देखिएको माल्दिभ्सको निर्वाचनमा निर्वतमान राष्ट्रपति अब्दुल्लाह यमिनलाई चीनको समर्थन रहेको मानिएको थियो भने विपक्षी दलका प्रतिस्पर्धी इब्राहिम मोहम्मद सोलिहलाई भारत र अमेरिकी सर्मथन रहेको अन्तर्राष्ट्रिय समाचार माध्यमले बताएका छन्।

_x000D_ _x000D_

सोलिह माल्दिभ्सको प्रमुख विपक्षी दल माल्दिभ्स प्रजातान्त्रिक पार्टीका नेता हुन् जसले निवर्तमान राष्ट्रपति यमिनलाई असोज ७ गते भएको निर्वाचनमा भारी मतले पराजित गरेका छन्। टापुहरुले बनेको देश माल्दिभ्स गएको केही वर्षमा भूराजनीतिक हिसाबमा बेइजिङ, नयाँदिल्ली र वासिङ्टनको महत्वपूर्ण रणनीतिक ठाउँ बन्दै गएको छ। जलमार्गबाट मध्यपूर्वी देश र पूर्वी एसियालाई जोड्ने भएर पनि यसको रणनीतिक महत्व बढेको हो।

_x000D_ _x000D_
_x000D_

यमिनले गतवर्ष चीनसँग स्वतन्त्र व्यापारसम्बन्धी सम्झौतामा सहमति गरेका थिए जुन भारतलाई ठूलो टाउको दुखाइको विषय भएको थियो।

_x000D_
_x000D_ _x000D_

चुनावी नतिजासँगै चिनियाँ राष्ट्रपति सी जिङफिङको महत्वाकांक्षी परियोजना बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) लाई धक्का पर्ने आकलन गरिएको छ। यस्तो आकलन किन पनि भइरहेको छ भने यमिन यो परियोजनाको सुरुवाती चरणदेखिका समर्थक थिए भने माल्दिभ्समा पुल, आवासीय परियोजनाका घर र अन्य पूर्वाधार विकासका लागि बिआरआई अन्तर्गतको लगानी भित्र्याएका पनि थिए।

_x000D_ _x000D_

यमिनले गतवर्ष चीनसँग स्वतन्त्र व्यापारसम्बन्धी सम्झौतामा सहमति गरेका थिए जुन भारतलाई ठूलो टाउको दुखाइको विषय भएको थियो। गत जनवरीदेखि जुनसम्म माल्दिभ्समा चीनबाट १८ प्रतिशत सामान निर्यात भएको छ। यो द्वीप समूहको देशमा तेलको समृद्ध मुलुक संयुक्त अरब इमिरेट्सपछिकै ठूलो निर्यात हो। माल्दिभ्समा हुने निर्यातको सम्बन्धमा भारत ११ प्रतिशतसहित तेस्रो स्थानमा खुम्चिएको छ।

_x000D_ _x000D_

निर्वतमान राष्ट्रपति यमिनसँग सम्बन्ध घनिष्ट बन्दै जाँदा चीनले माल्दिभ्समा पनि सैन्य अखडा निर्माण गर्ने आशंकाले दक्षिण एसियाको स्वघोषित नेता भारतको मनमा चिसो पसेको थियो। यस्तै द्वीप समूहको दक्षिण भाग डिएगो गार्सियाको ब्रिटिस टापुमा सामुन्द्रिक सेना तैनाथ गरेको अमेरिकालाई पनि त्यो चिन्ताको विषय भनेको थियो।

_x000D_ _x000D_

चीन परस्त बन्दै गएको भन्दै भारतले माल्दिभ्सलाई चेतावनी दिइरहेको थियो। जब निर्वतमान राष्ट्रपति यमिनले गत फेब्रुअरीमा राष्ट्रिय संकटकालको घोषणा गरे, माल्दिभ्सका विपक्षी दलले भारतलाई सैनिक बलसहित हस्तक्षेप गर्न आग्रह गरेका थिए। भारतले तत्काल युद्धपोषण पठाई यमिनको कदमको प्रतिकार गरेको एसिया टाइम्सले जनाएको थियो।

_x000D_ _x000D_

भारतीय एक उच्च सरकारी स्रोतलाई उद्धृत गर्दै एसिया टाइम्स लेख्छ, 'भारतले स्थानीय निकायलाई सहयोग नगरी करोडौँ रुपैयाँ गुप्तचर विभागलाई प्रदान गर्छ।' माल्दिभ्सको निर्वाचनमा नराम्ररी चीनको पराजय भएपछि भारतको विदेश मन्त्रालयले असोज ८ गते निर्वाचन नतिजालाई समर्थन गर्दै यो माल्दिभ्सको प्रजातान्त्रिक मूल्य र कानुनी सर्वेच्चताप्रतिको आस्थाको विजय हो भनेर अभिव्यक्ति दिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

यो निर्वाचनलाई अमेरिकाको जितसँग पनि तुलना गरिएको छ। इन्डियन ओसनमा चीनको बढ्दो प्रभावप्रति अमेरिका पनि चिन्तित थियो भने त्यसै कारणले उसले इन्डाे–प्रशान्त रणनीतिलाई बढावा दिंदैगएको थियो। यसै महिना अमेरिकी विदेश सचिव माइक पोम्पे र रक्षा सचिव जेम्स मौटिसले भारतका आफना समकक्षीसँग २ प्लस २ वार्ता गरेका छन्। यो वार्ता किन पनि महत्वपूर्ण छ भने गत मे महिनामा अमेरिकाले आफनो युएस प्रशान्त रणनीतिलाई बदलेर इन्डाे–प्रशान्त नामकरण गरेको थियो।

_x000D_ _x000D_
_x000D_

जम्मा ४ लाख जनसंख्या भएको टापुको देश माल्दिभ्स सरकारलाई चीनले आफ्नो साथ नछोड्न नरम तरिकाले प्रभावित पार्ने सम्भावना पनि उत्तिकै रहन्छ।

_x000D_
_x000D_ _x000D_

यद्यपि चीनले माल्दिभ्सको निर्वाचन नतिजाप्रति कुनै औपचारिक प्रतिक्रिया जनाएकाे छैन तर आफू समर्थित राष्ट्रपतिको निर्वाचनमा पराजयले उसलाई झट्का अवश्य पनि दिएको छ। यति हुँदाहुँदै पनि निर्वाचित राष्ट्रपतिसँग चीनले आर्थिक सहकार्यबाट सम्बन्ध विस्तारको लागि प्रयास भने गर्ने उसको विगतको इतिहासले पनि अनुमान लगाउन सकिन्छ। माल्दिभ्सको पूर्वाधार विकासका लागि चाहिने आर्थिक लगानीका लागि चीन महत्वपूर्ण साझेदार हुन सक्छ।

_x000D_ _x000D_

केही वर्षअघि दक्षिण एसियाकै अर्को मुलुक श्रीलंकाका तत्कालीन राष्ट्रपति महिन्द्रा राजापाक्क्षे असन्तुलित रुपमा चीनप्रति आसक्त भएको भन्दै भारतीय पक्षले राष्ट्रपतीय निर्वाचनमा उनका प्रतिद्वन्द्वी मैत्रीपाला सिरिसेनालाई निर्वाचनमार्फत राष्ट्रपति हुन सहयोग गरेको आरोप छ। मैथ्रीपाला श्रीलंकाको राष्ट्रपतिमा निर्वाचित भए पनि विस्तार भइसकेको चिनियाँ प्रभावलाई रोक्न सकिरहेका छैनन्।

Xtrem

Xtrem
_x000D_ _x000D_

राष्ट्रिय आयस्रोतको प्रमुख माध्यम पर्यटन रहेको माल्दिभ्सको नयाँ सरकारलाई यसअघिका सरकारले चीनसँग लिएको २ बिलियन अमेरिकी डलर ऋणले अप्ठेरो पार्न पनि सक्छ। जम्मा ४ लाख जनसंख्या भएको टापुको देश माल्दिभ्स सरकारलाई चीनले आफ्नो साथ नछोड्न नरम तरिकाले प्रभावित पार्ने सम्भावना पनि उत्तिकै रहन्छ।

_x000D_ _x000D_

एकाध घटनाबाहेक चीनको दक्षिण एसियामा प्रभाव विस्तार भइसकेको छ। भारतीय प्रध्यापक महेन्द्र पी लामाले कुनै सन्दर्भमा भनेका थिए, ‘चीन सार्क क्षेत्रमा सदस्यका रुपमा भित्रैबाट आमन्त्रित हिसाबमा प्रवेश गर्न नपाए पनि  व्यापारलगायत अन्य बाहिरी तरिकाबाट सार्क क्षेत्रमा प्रवेश गरिसकेको छ। अब यसलाई रोक्न सकिंदैन बरु मिलेर अघि बढ्दा नै फाइदा हुन्छ।'

प्रकाशित मिति: बिहीबार, असोज ११, २०७५  ११:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रतिकूल मौसमले हवाई उडान प्रभावित
भारी वर्षाको जोखिमबीच स्वास्थ्य क्षेत्र उच्च सतर्क, स्वास्थ्यकर्मी र र्‍यापिड रेस्पोन्स टिम तयारीमा
अफगानिस्तानले नेपाललाई दियो १०३ रनको लक्ष्य
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
प्रतिकूल मौसमले हवाई उडान प्रभावित शुक्रबार, असोज ९, २०८३
भारी वर्षाको जोखिमबीच स्वास्थ्य क्षेत्र उच्च सतर्क, स्वास्थ्यकर्मी र र्‍यापिड रेस्पोन्स टिम तयारीमा शुक्रबार, असोज ९, २०८३
अफगानिस्तानले नेपाललाई दियो १०३ रनको लक्ष्य शुक्रबार, असोज ९, २०८३
बाढीले छोयो च्यासल पुल, करिडोरमा यात्रा रोक्न माइकिङ शुक्रबार, असोज ९, २०८३
सुनको मूल्य घट्यो शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्