काठमाडौं– निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ।
_x000D_
_x000D_
कांग्रेस संसदहरु गगन थापा, प्रदीप गिरी र दिव्यमणिराज भण्डारीले जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका हुन्। प्रस्तावमा निजगढ विमास्थल द्रूत गतिमा बनाउने सरकारको मनसायको प्रशंसा गर्दै ११ वटा प्रश्न समेत उठाइएको छ।
_x000D_
_x000D_
‘सरकारको यो मनसायलाई एक स्वरमा साथ दिनु आज हामी सबैको कर्तव्य हो,’ प्रस्तावमा भनिएको छ, ‘तर यो आयोजना पश्चिम सेती र बूढीगण्डकी नहोस् भन्नेमा सरकारको सोच के छ, संसदमा विस्तृत छलफल हुन जरुरी छ।’
_x000D_
_x000D_
पूर्वतयारी र आधारभूत कार्य नगरी काम सुरु गर्दा पश्चिम सेती र बूढीगण्डकी आयोजना अन्योलमा परेको भन्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको त्यस्तो नियति नहोस् भन्नका लागि संसदमा छलफल गर्न माग गरिएको प्रस्तावमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।