काठमाडौं– मुद्दा जिताइदिने आश्वासन दिएर एक बिचौलियाले उच्च अदालत पाटनका कर्मचारीलाई घुसबापत पाँच लाख रकम 'डिल' गरेको खुलेको छ।
_x000D_
_x000D_
एक सार्वजनिक जग्गाबाट हाउजिङका लागि निजी बाटो खोल्ने मुद्दामा राधेश्याम श्रेष्ठले चलखेल गरेका हुन्। स्थायी घर काभ्रे भएका उनी पछिल्लो समय अदालतमा बिचौलियाको रुपमा सक्रिय रहँदै आएका छन्। उनी सामाखुसीमा घर बनाएर बसेका छन्।
_x000D_
_x000D_
न्यायाधीश र कर्मचारीसँग मिलेर धेरै वर्षदेखि उनी सक्रिय हुँदै आएको उच्च अदालतका एक कर्मचारीले बताए।
_x000D_
_x000D_
बुधबार पेसीमा रहेको उक्त मुद्दा जिताइदिने भन्दै अदालतका शाखा अधिकृत प्रमोद खनालसँग मिलेर किस्तामा ५ लाख दिन लागेको ती कर्मचारीले बताए। रकम कसरी लिने भन्नेबारे शाखा अधिकृतसँग कुरो मिलेपछि न्यायाधीशलाई समेत मिलाउने भन्दै श्रेष्ठले मुद्दाका पक्षसँग दुई चरणमा फैसला गराउने सर्त राखेका छन्। ५ लाख रकम खनाललाई दिने सहमति भएको ती कर्मचारीले बताए। 'आदेशलगत्तै खनाललाई बिचौलिया श्रेष्ठले पहिलो चरणको काम भएको भन्दै ६० हजार रुपैयाँ दिएका छन्,' ती कर्मचारीले बताए।
_x000D_
_x000D_
रीता श्रेष्ठसमेत किरण वैद्य, पुनम खत्री, द्रौपदी कुमारी, सांग्रिला ल्यान्ड एन्ड हाउजिङ र विष्णुमाया राई ललितपुरको एक मुद्दामा उनले यस्तो चलखेल गरेका हुन्। बुधबार अदालतको संयुक्त इजलासले नापनक्सा गराउने आदेश गरेपछि अदालतमा हल्लीखल्ली भएको छ।
_x000D_
_x000D_
उक्त मुद्दामा मालपोत कार्यालय ललितपुर र नापी कार्यालय ललितपुरलाई विपक्षी बनाइएको छ।
_x000D_
_x000D_
२०७५ असार ३२ गते उक्त जग्गा मुद्दा उच्च अदालतमा दर्ता भएको थियो। साउन २ गते न्यायाधीश हेमराज पन्तको एकल इजलासले लिखित जवाफ मगाउने आदेश गरेको थियो। लगत्तै २०७५ भदौ २० गते उक्त मुद्दाको पेसी पन्त र चिन्तामणि बरालको इजलासमा पेसी रहेको थियो। तर निवेदनका कानुन व्यवसायीले उक्त मुद्दा हटाएका थिए। हटाउनुको कारण चलखेल हुन सक्ने उनीहरुको ठहर थियो। उक्त मुद्दा न्यायाधीशद्धय रामप्रसाद अधिकारी र नातिबाबु लामिछानेको इजलासमा बुधवार पेसी तोकिएको थियो।
_x000D_
_x000D_
लिखित जवाफ प्राप्त भएपछि सो इजलासले जग्गा यकिन गर्न आदेश गरेको हो।
_x000D_
_x000D_
न्यायाधीश पहिलेदेखि नै विवादित
_x000D_
बुधबार आदेश गर्ने न्यायाधीशद्वय अधिकारी र लामिछाने विगतमा पनि विवादमा आएका थिए। लामिछाने विशेष अदालतमा रजिष्ट्रार हुँदा रकम लिएको आरोपमा कारबाहीमा समेत तानिएका थिए भने जिल्ला र उच्च अदालतमा अनियमिमता गरेको आरोपमा अधिकारीमाथि न्यायपरिषद्मा उजुरी परेको थियो।
_x000D_
_x000D_
मुद्दाको विषयमा सोध्दा बिचौलिया श्रेष्ठले आफू सामान्य मान्छे भएको बताए। सुरुमा व्यापारी भएको बताएका उनले पछि कृषक भएको भन्दै सच्याए।
_x000D_
_x000D_
बहिनीको जग्गा मुद्दा रहेकाले साथीको रुपमा उच्च अदालतमा पुगेको उनले स्विकारेका छन्। ‘मेरो चिनजानको बहिनीको मुद्दा भएकाले अदालत पुगेको थिएँ,’ उनले भने, ‘मुद्दा मिलाउन म कसरी सक्छु र?’
_x000D_
_x000D_
मुद्दामा रकम लिएको आरोप लागेका शाखा अधिकृत खनालले भने आफूलाई थाहा नभएको जिकिर गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।