काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सन् २०२० भित्र देशको एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चौबीसै घन्टा सञ्चालनमा आउने उद्घोष गरेका छन्।
_x000D_
_x000D_
३९औं विश्व पर्यटन दिवसको अवसरमा नेपाल पर्यटन बोर्डमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै उनले भने, 'अहिले हामीले २२ घन्टा विमानस्थल सञ्चालन गरिरहेका छौं। तर, यो हाम्रा लागि ठूलो चुनौती छ।’
_x000D_
_x000D_
२७ वर्षअगाडि मर्मत र सुधार हुनपर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग आजसम्म मर्मत तथा सुधार हुन नसक्दा विमानस्थ सञ्चालनमा असहजता आएको मन्त्रीको तर्क छ।
_x000D_
_x000D_
‘२० वर्षदेखि काम गर्ने भनियो। किन भएन? यदि हाम्रो अन्तर्राष्ट्रिय विमानस्थलको रन–वे हरेक कुराले उपयुक्त भएको भए आजकै दिनमा हामीले २४ घन्टा नै विमानस्थल सञ्चालन गर्न सक्थ्यौं,' उनले थपे, 'अब आउने वर्षाभन्दा अगाडि नै हामी रन–वेको पूर्ण मर्मत पीच परिवर्तन गरेर सन् २०२० अगाडि नै विमानस्थ २४ घन्टा सञ्चालनमा ल्याउँछौं।'
_x000D_
_x000D_
साथै उनले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०१९ भित्रै सञ्चालनमा ल्याउने दाबी गरे। ‘भैरहवामा उडान गर्न धेरै एयरलाइन्स कम्पनीले समय कुरेर बसेका छन्,' मन्त्री अधिकारीले भने, ‘त्यसपछि नेपाल आउने हवाई पर्यटकको संख्या पनि बढ्नेछ। जहाज बाट आउने पर्यटकका लागि पनि गेट फराकिलो हुन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।