काठमाडौं– सट्टेबाजका नाइके नागराज अमृत भनिने नथमल अग्रवाललाई अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण विभाग पुल्चोक पठाइएको छ।
_x000D_
_x000D_
नागराजले विश्वकप फुटबल र इन्डियन प्रियमिर लिग (आइपिएल) मा कुन टिमको हाजजित हुन्छ भनि सट्टेबाजी खेलाई तेब्बर रकम दिन्छु भनी ३ करोड ठगी गरेको अभियोग छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले असार ९ गते उनलाई पक्राउ गरेको थियो।
_x000D_
_x000D_
जनकपुर–३ घर भएका उनी त्यसबेला काठमाडौंको लाजिम्पाटबाट पक्राउ परेका थिए। साउन ३ गते काठमाडौं जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। पछि उच्च अदालत पाटनले भदौ २१ गते ४० लाख धरौटीमा छोड्न आदेश दिएको थियो।
_x000D_
_x000D_
अदालतकै पत्रअनुसार बुधबार महानगरीय प्रहरी अपराध महाशाखामा उपस्थित भएका उनलाई सम्पत्ति शुद्धीकरणमा अनुसान्धान गर्नुपर्ने देखिएको भन्दै बिहीबार विभाग पठाइएको महाशाखाले जनाएको छ।
_x000D_
_x000D_
नागराजको सम्पत्ति अकूत देखिएको तर स्रोत नखुलेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।