काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ।
केन्द्रीय समितिको बैठक कात्तिक २४ गते शनिबारको दिन बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्न लागेको हो।
बैठकमा आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन, समसामयिक राजनीतिक गतिविधि, पार्टीको सांगठनिक गतिविधि लगायतका विषयमा छलफल हुने कार्यसूची छ।
यसैगरी आगामी राजनीतिक सहकार्यका न्यूनतम मुद्दा र संघर्षका मोडालिटी पनि बैठकको एजेण्डामा राखिएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।