विराटनगर– कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिने भएका छन्। बिना अनुमति र बिना जानकारी जापान गएको विषयमा मन्त्री अधिकारी विवादमा तानिएका छन्।
राजीनामा दिने विषयमा केहिबेरमा मन्त्रालयमा मन्त्री अधिकारीले पत्रकार सम्मेलनको आयोजना गर्दै छन्।
मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने र विदेश भ्रमणको सहमतिका लागि परराष्ट्र मन्त्रालयमा लेखिपठाउँदा प्रदेश मन्त्रिपरिषद्को निर्णयसहित पठाउनुपर्ने व्यवस्था छ। तर मन्त्री अधिकारी मन्त्रिपरिषद्को निर्णयविपरीत जापान पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।