काठमाडौं । आयोजना छनोट र कार्यान्वयनमा सहजता ल्याउन प्रदेश ३ ले परियोजना बैंक बनाउने निर्णय गरेको छ। उक्त बैंक निर्माणका लागि उक्त प्रदेशले प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाको अध्यक्षतामा तीन सदस्यीय प्राविधिक समिति गठन गर्ने निर्णय गरेको छ।
_x000D_
_x000D_
उक्त समितिले परियोजना आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरणीय, संस्थागत दृष्टिकोणले परियोजनाका आधार पहिचान गर्ने लगायतका काम गर्नेछ।
_x000D_
_x000D_
आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट तयार गर्दा परियोजना बैंकमार्फत् आएका परियोजनालाई मात्र छनोट गर्ने निर्णय बुधवार आयोगका अध्यक्ष तथा प्रदेश सरकारका मूख्य मन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले गरेको छ।
_x000D_
_x000D_
बैठकले प्रदेश विकास परिषद्लाई चाँडै पूर्णता दिने निर्णय पनि गरेको छ।
_x000D_
_x000D_

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।