धनगढी- कैलालीको गोदावरीलाई प्रदेश ७ को राजधानी प्रस्ताव गरिएको विरोधमा आज धनगढीमा आमहडताल आह्वान गरिएको छ।
_x000D_
_x000D_
धनगढीवासीले गरेको हडतालका कारण यातायात, बजार, शिक्षणसंस्था लगायत बन्द छन्।
_x000D_
_x000D_
प्रदेशको नामंकन र स्थायी राजधानीबारे सुझाव दिन गठित समितिले प्रदेशको नाम सुदूरपश्चिम र राजधानी गोदावरी नगरपालिका-४ तेघरी क्षेत्रलाई सिफारिस गरेको थियो। प्रदेश ७ को नाम र राजधानीका लागि दुई वटा प्रस्ताव संसद सचिवालयमा दर्ता भइसकेको छ।
_x000D_
_x000D_
समितिको सिफारिसलगत्तै धनगढीवासी विरोधमा उत्रिएका छन्।
_x000D_
_x000D_
'जनचाहनाविपरीत एकाएक षड्यन्त्रपूर्वक स्रोतको दहन, वन माफिया र भूमाफियाहरुको प्रभामा परी दुई तिहाई बहुमतको दम्भबाट ग्रसित सुझाव संकलन समितिको प्रस्ताव तत्काल फिर्ता गर्न' भन्दै धनगढी नगरवासीले विज्ञप्ति जारी गरेका छन्। अस्थायी राजधानी धनगढीलाई नै स्थायी रुपमा राजधानी कायम गर्न उनीहरुले माग गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।