काठमाडौं – काठमाडौँ महानगरपालिकाले प्लास्टिकका फूल बेच्न प्रतिबन्ध गरेको छ।
स्वदेशी फूल उत्पादन प्रोत्साहन गर्न प्लास्टिकका फूल बेच्न रोक लगाएको मेयर बालेन्द्र शाहले जानकारी दिएका हुन्।
तिहार पर्व सुरु हुनै लाग्दा काठमाडौंमा प्रतिबन्धित प्लास्टिकका फूल छ्याप्छ्याप्ती बनेका छन्।
मेयर शाहले महानगरपालिका क्षेत्रभित्रका ४६ स्थानमा विक्री वितरण प्रबन्ध गरेको पनि जानकारी दिएका छन्। महानगरले गतवर्ष पनि प्रदर्शनी मार्गको भृकुटीमण्डप, तीनकुने चउर, हाँडीगाउँ र बालाजु विष्णुमती कोरिडोरमा फूल विक्री गर्ने स्थान मिलाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।