काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विपक्षी दलले विशेष अधिवेशन माग गर्ने संकेत गरेका छन्। शनिबार काठमाडौंको खबरदारी सभामा बोल्दै विपक्षी दलले सडकबाट उठाएका मागको बेवास्ता गरे विशेष अघिवेशन बोलाउने बताएका हुन्।
बजेट अधिवेशन अन्त्य भएपछि संसद् बैठक आह्वान गरिएको छैन। ‘जरुरी पर्यो भने, सरकारले निहु खोज्यो भने सदनभित्रैबाट विशेष अधिवेशनको माग गर्नेछौं। विशेष अधिवेशन माग गर्ने संख्या विपक्षीसँग छ। हामी त्यो माग्नेछौ,’ दाहालले भने, ‘हामी संवैधानिक तरिकाले उनीहरुका विरुद्ध संघर्षमा जानेछौं। हाम्रो कुरालाई गम्भीर रुपमा लिइएन भने विशाल विरोधसभा र आन्दोलनमा परिणत हुनेछ। हेक्का राख्ने जिम्मा सरकारको हो।’
सरकारविरूद्ध सदन र सडकबाट आन्दोलन चर्कोउने चेतावनी पनि उनले दिए। ‘संसद्को रोस्टम मात्र होइन, परिआए सडकमा ल्याएर जवाफ माग्नेछौं । संसद्को रोस्टममा भद्र तरिकाले जवाफ मागिन्छ,’ उनले भने, ‘धेरै अभद्र भयो भने घिसारेर सडकमै अभद्र तरिकाले जवाफ मागिनेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।