काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले मीनबहादुर गुरुङसँग जग्गादान लिएपछि भाटभटेनी प्रचण्डको हो भन्ने आरोपबाट आफूले मुक्ति पाएको बताएका छन्।
सरकारविरुद्धको खबरदारीसभालाई सम्बोधन गर्दै उनले भाटभटेनी आफ्नो नभएको भन्दाभन्दा हैरान भइसकेको बेलामा ओलीले क्लियर गरिएको भन्दै धन्यवाद दिएका हुन्।
उनले भने, ‘यो भाटभटेनी प्रचण्डको हो भन्ने आरोप लगाउँदै आइरहेका थिए । मैले होइन भन्छु, पत्याउने कसैले होइन । प्रचण्डकै हो भनेको छ, हिँडेको छ । हाम्रो नेतृत्वको सरकारले पक्राउ गरेर मुद्दा चलाउँदा पनि यो प्रचण्डकै हो भनेका थिए । म हैरान थिएँ, कसरी क्लियर गर्ने भनेर । अहिले केपीजीले क्लियर गरिदिनुभयो । धन्यवाद छ । त्यसको शेयरहोल्डर तपाईं रहेछ, भ्रष्टाचारी त तपाईं नै रहेछ भन्ने क्लियर गरिदिनुभयो । मैले बोल्नैपरेन । तपाईंले नै उहाँ पहिल्यैदेखि एमाले हुनुहुन्थ्यो भन्दिनुभयो । तपाईंलाई धन्यवाद ! अब यो प्रचण्डको होइन भन्ने भयो । म खुशी छु ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।