काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजको खबरदारीसभा रास्वपा सभापति रवि लामिछानेको बचाउमा नभएको प्रस्ट पारेका छन्।
सरकारविरुद्धको खबरदारीसभालाई सम्बोधन गर्दै उनले सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन उचित हुन्छ भन्ने कुरा राखेको बताए।
उनले भने, ‘रवि लामिछानेको कुरा चलिरहेको थियो। मैले तपाईं निर्दोष हुनुहुन्छ भने डराउनुपर्ने कारण के छ भनेको हो रवि लामिछानेलाई पनि। त्यहीअनुसार बनोस् भनेको हो। बन्न हुँदैन भन्ने केपी ओलीजी हो। रविलाई हरहालतमा बचाउनैपर्छ भन्ने केपी ओलीजी हो।’
उनले सरकारले अहिले देखाएको रवैयाको आपत्ति जनाए। प्रचण्डले एमाले र कांग्रेससँग सम्बन्धित व्यक्तिलाई छानबिन नगर्ने, तर अहिले प्रतिपक्षलाई मात्रै पूर्वाग्रह राख्ने तयारी बेठीक भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।