पोखरा- पोखरा-बागलुङ राजमार्गअन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ पाउदुरमा बिहीबार भएको बस दुर्घटनामा ६ जना घाइते भएका छन्।
बागलुङबाट पोखरा आउँदै गरेको ना ६ ख ८९३६ नम्बरको बस सडकबाट लगभग १० मिटर तल भीरमा खस्दा बसमा यात्रा गर्ने २३ जनामध्ये ६ जना घाइते भएको नेपाल प्रहरी प्रदेश नं ४ कार्यालयका प्रहरी उपरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए।
घाइते हुनेमा पर्सा रानीघाटका ४१ वर्षीय बट्टु शाह, पर्वत कुस्मा नपाका–४ का २६ वर्षीया सोनी गुरुङ, सोही स्थानका ३२ वर्षीय विक्रम गुरुङ, अन्नपूर्ण गाउँपालिका–६ का २८ वर्षीया सम्झना विक, कुस्मा नगरपालिका– ५ का २८ वर्षीय रामु परियार र रौतहट भवानीपुर–९ का ५० वर्षीय विन्देश्वर साह रौनियार रहेका छन्।
घाइतेको पोखरास्थित फिस्टेल अस्पतालमा उपचार भइरहेको छ। बस रुखमा अड्किएका कारण ठूलो जनधनको क्षतिबाट जोगिएको प्रहरीले जनाएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।