काठमाडौं– सत्ता साझेदार चार दलले पहिलो तीन महिना अवधिको सरकारको कामकारबाहीबारे समीक्षा गरेका छन्। शुक्रबार अपरान्ह बालुवाटारमा बसेको सत्ता साझेदार दलहरुको बैठकले सरकारको सय दिनको समीक्षा गरेका हुन्।
बैठकले सात बुँदे वक्तव्यसमेत जारी गरेको छ। जसमा अहिलेसम्मका सरकारको कारकारबाहीको समर्थन र आगामी दिनमा प्रभावकारी रुपमा काम गर्ने प्रतिबद्धतासमेत गरिएको छ।
एमाले महासचिव शंकर पोखरेलका अनुसार मुलुकलाई आर्थिक संकटबाट बाहिर निकाल्न, सुशासन र विकासको दिशामा अघि बढार्न महत्त्वपूर्ण कदम अघि बढाएको निष्कर्ष निकालिएको छ।
सरकारलाई थप प्रभावकारी बनाउन दलहरूले साझा दृष्टिकोण सार्वजनिक गरेका छन्।
यस्तो छ सात बुँदे वक्तव्य
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।