काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी निर्वाचनसम्म सडक र सदन आफ्नो रहेको उद्घोष गरेको छ। सभापति रवि लामिछानेलाई थुनामा पठाइएको विरोधमा माइतीघरमा प्रदर्शन गर्दै रास्वपाका नेताहरुले यस्तो बताएका हुन्।
सांसद हरि ढकालले नयाँ शक्तिको रूपमा उदाएको आफ्नो पार्टीलाई पनि अरुजस्तै हुन् भन्ने हो भन्ने भाष्य पार्न खोजेको बताएका छन्। कोणसभालाई सम्बोधन गर्दै रास्वपा अरु पार्टीभन्दा फरक भएको दाबी गरेका हुन्।
उनले भने, ‘हाम्रो पार्टी संसदमा आएपछि उनीहरूको निद्रा हराएको छ। हामीले सदनमा सशक्त आवाज उठाएका छौं। अब ०८४ सम्म सदन र सडक हाम्रो हो। सरकार भ्रष्टहरूको, यो अभियानलाई साथ दिनुहोला।’
उनले पार्टी सरकार हुँदा अरुले भन्दा राम्रो काम गरेको दाबी गर्दै नक्कली भुटानी शरणार्थी प्रकरणा बेचना झा पक्राउ गरेपछि सरकार ढालेको दाबी गरे। उनले पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध राखेर पक्राउ गरेको जिकिर गरे।
सभापति रवि लामिछाने पक्राउको विरोधमा रास्वपाले आज काठमाडौंमा प्रदर्शन गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।