• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

माओवादी एकताप्रति बाबुरामको व्यङ्ग्य– ‘पूर्वमाओवादीहरू किन एक ठाउँमा जुट्ने? 'जनयुद्ध' गर्न वा भोजभतेर गर्न?’

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक ९, २०८१  ११:५८
1140x725

काठमाडौं– नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को नेतृत्वमा भ्रष्टाचारविरोधी र सुशासनका मुद्दामा आन्दोलन गर्नु भनेको नेपाली जनताको सहज बुद्धिमाथि मजाक हुने बताएका छन्।

माओवादीले शनिबार काठमाडौंमा प्रदर्शन गर्ने तयारी गरेको छ। त्यसप्रति लक्ष्य गर्दै भट्टराईले सत्ताको खेलबाट बाहिर फालिएका प्रचण्डले सुशासनको मुद्दा उठाएर आन्दोलन गर्ने धम्की दिइरहेको उल्लेख गरेका हुन्।

‘प्रचण्डनिकट केही साथीहरूले फेरि एक पटक हामीलाई समेत जोडेर 'पूर्व माओवादीहरू' एक ठाउँमा आउनुपर्ने कुरा गर्न थालेका छन्,’ भट्टराईले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेका छन्, ‘अनि भर्खरै सत्ताको खेलबाट बाहिर फालिएका प्रचण्डले सुशाशनको मुद्दा उठाएर आन्दोलन गर्ने धम्की दिइरहेछन्। यसबारे केही प्रष्ट्याउनु जरूरी भएको छ- पहिलो कुरा, सबै पूर्व माओवादीहरू किन एक ठाउँमा जम्मा हुने? अर्को जनयुद्ध गर्न? या भोजभतेर गर्न? या फेरि एक पटक प्रचण्डलाई संसदीय सत्तारोहण गराउन?’

माओवादी आन्दोलनले देशमा आफ्नो ऐतिहासिक कार्यभार केही कमीकमजोरीसहित पूरा गरिसकेको पनि उनले बताए।

‘विश्व एक्काइसौं शताब्दी सँगसँगै चौथो औद्योगिक क्रान्तिको चरणमा पुगेको छ। सम्पूर्ण विश्व नै भूमण्डलीकृत वित्तीय पुँजीवादको चंगुलमा परेको छ। हामी भने पहिलो औद्योगिक क्रान्तिको चरणमा छौं। अनि किनारा पुँजीवादको रूपमा असमान र परनिर्भर सम्बन्धमा बाँधिन पुगेका छौं। यो स्थितिमा अब हामीले पुरानो जनयुद्धकालीन अवस्था निम्ति उपयुक्त माओवादी विचार-राजनीति र स्टालिनवादी अति केन्द्रीकृत ढाँचाको कम्युनिष्ट पार्टीको माध्यमबाट नयाँ युगका कार्यभार पूरा गर्न सक्दैनौं,’ भट्टराईको भनाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

उनले अगाडि बढेको राजनीतिक उपरिसंरचना र पछाडि परेको आर्थिक-सामाजिक-सांस्कृतिक आधारबीचको प्रधान अन्तरविरोधलाई छिटो हल गरेर बाँकी विश्वसँग पदचाप मिलाउँदै अघि बढ्नु पर्नेमा पनि जोड दिएका छन्।

‘त्यसनिम्ति हामीले नयाँ युगको नयाँ कार्यभार पूरा गर्न विचार, राजनीति, संगठन, नेतृत्व लगायत सबै क्षेत्रमा नयाँ विकास गर्नु परेको छ। तसर्थ हामीले समावेशी र सहभागितामूलक लोकतन्त्रमा आधारित नयाँ समाजवादको मोडेल, जसलाई हामीले समुन्नत समाजवादभनेका छौं, विकास गर्नुपर्ने आवश्यकता देखेका छौं। हिजो जनयुद्धकालमा पनि हामीले वैचारिक-राजनीतिक कार्यदिशा ठीक हुनु वा नहुनुले नै क्रान्तिमा सबै कुराको फैसला गर्छ भन्ने गरेका हैनौं? तर अहिले समय र परिस्थिति अनुकुल नयाॅ कार्यदिशा, संगठन, नेतृत्वको क्षेत्रमा विकासबारे कुनै चर्चा नगरी खालि भावनात्मक ढंगले 'सबै पूर्व माओवादी एक ठाउँमा आउँ ' भन्नुको के अर्थ रहन्छ?,’ उनको प्रश्न छ।

पुरानो 'कम्युनिष्ट' सत्ताहरू सबैतिर तासको घरझैं ढल्दै गइरहेको, भूमण्डलीकृत नव-उदारवादी पुँजीवादले चरम असमानता, पर्यावरण विनाश, आणविक हतियारको विभीषिका, एआईको अनिश्चितता सिर्जना गरेर विश्व र मानवजातिलाई त्राहीमाम् पारिरहेको अवस्थामा विचार, दर्शन, राजनीति, अर्थशाश्त्र, समाजशाश्त्र सबै क्षेत्रमा नयाँ संश्लेषण आवश्यक हुन्छ कि हुन्न भन्ने प्रश्न पनि भट्टराईको छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

‘फेरि नेपालको जटिल भूराजनीति, चरम जातीय/भाषिक/क्षेत्रीय विविधता, अति अविकसित/अल्पविकसित अर्थतन्त्र लगायतको परिवेशमा समग्र राजनीति, पार्टी, नेतृत्वको पुनर्संरचना गर्नुपर्छ कि पर्दैन? यति गम्भीर र दूरगामी महत्वको विषयमा पूर्वमाओवादी मात्र हैन सबै पार्टी भित्रका अग्रगामी सोच भएका व्यक्तिहरू, सार्वजनिक बौद्धिकहरू र विशेषत: सिर्जनशील तथा उर्जावान नयाँ पुस्ताका युवाहरूबीच बृहत बहस चलाएर नयाँ अग्रगामी वैकल्पिक शक्ति निर्माण गर्नु आजको आवश्यकता हैन र?,’ उनले भनेका छन्।

अब प्रचण्डको नेतृत्वमा भ्रष्टाचारविरोधी र सुशाशनको निम्ति आन्दोलन गर्नु भनेको नेपाली जनताको सहज बुद्धिको अवमूल्यन र उनीहरूमाथि ठूलो मजाक हुने पनि भट्टराईको भनाइ छ।

‘जनयुद्धकालको मध्यचरणदेखि नै वर्ग-उत्थानीकरण हुँदै गएका प्रचण्ड र उनका आसेपासेहरूको शान्ति प्रक्रियायताको तीव्र नैतिक स्खलन तथा कथनी र करणीबीचको अन्तर कसले बुझेको छैन र?,’ उनले भनेका छन्, ‘देशले अग्रगामी निकास खोज्छ खोज्छ। हाम्रो हालैको पोखरामा सम्पन्न विधान अधिवेशन र नेसपा (नयाँ शक्ति) को पुनरोदय त्यही दिशाको विनम्र पाइलो हो।’

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  ११:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ‘पार्टी जागरण अभियान’ शुभारम्भ गर्दै उनले दुई दलबीच राजनीतिक कार्यशैली र सुशासनप्रतिको... शनिबार, कात्तिक ७, २०८३
जनताको घरदैलोमा पुगेर असन्तुष्टि सुन्छौँ : माधव नेपाल शनिबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा दुईमहिने राष्ट्रिय जागरण अभियानको शुभारम्भ गर्दै उनले जनतासँग प्रत्यक्ष संवाद गरेर गुनासा,... शनिबार, कात्तिक ७, २०८३
प्रचण्डको दाबी : नेपाल नयाँ भूराजनीतिक चलखेलको भूमरीमा विगतमा देशमा भएका राजनीतिक परिवर्तनमा आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै प्रचण्डले वर्तमान परिस्थितिमा थप गम्भीर... शनिबार, कात्तिक ७, २०८३
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्