पोखरा– सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
जिल्ला अदालत कास्कीले बिहीबार थप सात दिन म्याद थप गरेको हो।
जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीका अनुसार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको ।
यसअघि ६ अदालतबाट ६ दिनको म्याद लिएर लामिछानेमाथि अनुसन्धान गरिएको थियो।
गत शुक्रबार केन्द्रीय कार्यालय च:मतिबाट लामिछाने पक्राउ परेका थिए। लगत्तै उनलाई पोखरा लगिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।