काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले संगठित अपराधी अहिलेको मन्त्रिपरिषद्मा रहेको आरोप लगाएका छन्।
सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरामा आयोजित विरोध कार्यक्रममा बोल्दै उनले बदलाको भावनाले सरकार अघि बढेको बताए।
उनले भने, ‘प्रधानमन्त्रीले पार्टीका कार्यालय बनाउन स्वार्थ बाँझिने गरी व्यवसायीसँग जग्गा लिएका छन्। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर बेच्ने गिरोह संगठित अपराधी त अहिलेको मन्त्रिपरिषद्मा छन्। उनीहरुबाट ध्यान मोड्न अहिलेको यो काम भइरहेको छ।’
बेचन झा पक्राउ गरेको २४ घण्टाभित्र सरकार ढाल्नुको कारण जनताले बुझेको उनको भनाइ छ।
उपसभापति वाग्लेले रविलाई एक दिन भए पनि जेलमा राख्न सकिएन भने आफ्नो राजनीति सकिने भयो भन्नेहरुले बदलाको भाव देखाएको जिकिर गरे।
* स्वर्णिम वाग्ले, यसअघि अन्यथा भएकोले सच्याइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।