काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध प्रहरीले सहकारी ठगीसँगै संगठित अपराधमा समेत अनुसन्धान गर्ने भएको छ।
प्रहरीले अदालतबाट लिएको पक्राउ अनुमति पत्रमा उक्तध कुरा खुलाइएको छ। जिल्ला प्रहरी कार्यालय, कास्कीले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सहितका प्रहरी निकायलाई पठाएको पत्रमा ‘ठगी तथा संगठित अपराध सम्बन्धी मुद्दा’मा अनुसन्धान गर्नका लागि पक्राउ गर्न भनिएको छ।
भनिएको छ, 'कृष्णप्रसाद जैसी समेतको जाहेरी तथा प्रहरी प्रतिवेदनले वादी नेपाल सरकार प्रतिवादी सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि. पोखराको पूर्व अध्यक्ष एवं संचालक गितेन्द्र बाबु राई समेत भएको सहकारी ऐनले परिभाषित ठगी तथा संगठित अपराध सम्बन्धी मुद्दा अनुसन्धानको सिलसिलामा पक्राउ गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ।'
पक्राउ अनुमति सँगै पठाउँदै खोजतलास गरी फेला परेमा पक्राउ गरी कास्की पठाइदिन भनिएको छ। सभापति लामिछानेले पक्राउ हुनुअघि पार्टीमा छलफल गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।