धनगढी- प्रदेश सातको नाम र राजधानीका लागि दुई वटा प्रस्ताव संसद सचिवालयमा दर्ता भएको छ।
_x000D_
_x000D_
प्रदेशको नाम र स्थायी राजधानी निर्धारण गर्न गठित विशेष सुझाव समितिले प्रतिवेदन ती प्रस्ताव संसद सचिवालयमा दर्ता गरेको हाे।
_x000D_
_x000D_
नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका सचेतक तारा लामा तामाङले प्रदेशको नाम 'सुदूरपश्चिम' कायम हुने गरी प्रदेशको स्थायी राजधानी कैलाली जिल्लाको गोदावरी कायम हुने प्रस्ताव सचिवालयमा दर्ता गराएका हुन्। गोदावरी नगरपालिका वडा नम्बर ४ अन्तर्गत तेघरीस्थित नेपाली सेनाको ब्यारेक रहेको स्थानमा प्रदेश राजधानी प्रस्ताव गरिएको छ।
_x000D_
_x000D_
'सेनाको ब्यारेकदेखि उत्तरपश्चिम, गोदावरी (धनगढी–डडेल्धुरा सडक) सडक पश्चिम, गोदावरी खोला पूर्व र गोदावरी बजारदेखि दक्षिण, चार किल्ला भएको हाल ससाना बुट्यान मात्र भएको र स्थायी राजधानीका लागि पर्याप्त सार्वजनिक जग्गा रहेको क्षेत्रलाई राजधानी कायम गरियोस्' भनी तामाङले प्रस्ताव दर्ता गराएका हुन्। उनको प्रस्तावमा प्रदेश सांसद विरमान चौधरी र शान्ति नेपाली समर्थक बसेका छन्।
_x000D_
_x000D_
नेपाली कांग्रेसको तर्फबाट प्रदेश सांसद डिल्लीराज पन्तले प्रदेशको नाम 'सुदूरपश्चिम प्रदेश' कायम हुने गरी प्रदेशको स्थायी राजधानी कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं. १ मा प्रदेश राजधानी कायम गरियोस् भनि प्रस्ताव दर्ता गरेका छन्। उनको प्रस्तावलाई कांग्रेसकै प्रदेश संसद नन्दाकुमारी बमले समर्थन गरेकी छन्।
_x000D_
_x000D_
प्रदेशसभाको आजको बैठकपछि साँझ ५ बजेसम्म प्रदेशको नाम र स्थायी राजधानीका लागि प्रस्ताव दर्ता गर्ने समय तोकिएको थियो। तर सांसदले प्रस्ताव दर्ताका लागि थप समय मागेपछि सभामुख अर्जुनबहादुर थापाले साढे ५ बजेसम्म (आधा घण्टा) समय थप गरेका थिए। थप समयको अन्तिम पलमा दुबै प्रस्ताव दर्ता भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।