काठमाडौं- कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँगै १४ जनालाई पक्राउ गर्न अनुमति दिएको छ।
सहकारीको रकम अपचलन मुद्दामा अनुसन्धान गर्न उनीसहित अन्य १४ जनालाई पक्राउ गर्न अनुमति दिइएको हो।जिल्ला प्रहरी कार्यालय कास्कीले शुक्रबार १३ जनालाई पक्राउ पुर्जी जारी गर्न अदालतलाई पत्र लेखेको थियो।
पत्रमा रवि लामिछाने, विशाल तामाङ, नविन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दिपक लामा, अनन्त वावु राई, राम बहादुर खनाल, देवेन्द्र वावु राई, विज्ञान राई, ओम प्रकाश गुरुङ, विर बहादुर रानाभाट, दिपा न्यौपाने र कल्पना कुमारी श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने बताएको थियो।
अदालतले भनेको छ, 'पक्राउ गरी बयानलगायत थप अनुसन्धान गर्नुपर्ने आधार, कारण मनासिव देखिएकोले मुलुकी फौजदारी कार्यविधी संहिता, २०७४ को दफा ९ (३) बमोजिम निजलाई पक्राउ गर्न अनुमति दिइएको व्यहोरा अनुरोध छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।