काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सडकमार्गबाट पोखरा लगिने भएको छ।
सहकारीमा बचत रकम हिनामिना प्रकणमा पक्राउ पुर्जी जारी भएका उनलाई सडकमार्गबाट पोखरा लगिन लागेको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।
उनका अनुसार अबको आधा घन्टामा लामिछाने पार्टी कार्यालयबाट बाहिरिनेछन्। बाहिरिनुअघि सञ्चारमाध्यमसँग केही कुरा राख्न चाहेको उनले बताएका छन्।
प्रहरी निर्देशनअनुसार पक्राउ गर्न आएको भन्दै अवरोध नगर्न पार्टी कार्यकर्तासँग आग्रह गरेका छन्। लामिछानेबिरुद्ध पक्राउ पुर्जी जारी भएलगत्तै केन्द्रीय कार्यालयमा रास्वपाको आकस्मिक बैठक बसिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।