काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएपछि पार्टी केन्द्रीय कार्यालयमा ठूलो संख्यामा समर्थक जम्मा भएका छन्।
काठमाडौं वनस्थलीमा रहेको पार्टी कार्यालय परिसरमा अहिले धेरै संख्यामा प्रहरी परिचालन भएका छन् भने पार्टी मुख्यालयको प्रवेशद्वार पनि बन्द गरिएको छ।
जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएसँगै लामिछानेलाई पक्राउ गर्ने तयारी प्रहरीले गरेको छ।
तर त्यसअघि सभापति लामिछानेले आफ्नो संक्षिप्त कुरा राख्ने भएका छन्। अहिले रास्वपा पार्टी कार्यालयमा समर्थकसहित दर्जनौंको संख्यामा सञ्चारकर्मीहरु र प्रहरीहरु उपस्थित रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।