काठमाडौं– शुक्रबार बिहान बसेको प्रतिपक्षी दलहरुको बैठकले सरकारलाई ज्ञापनपत्र बुझाउने भएको छ। नयाँ बानेश्वरमा बसेको बैठकमा बाढीपहिरोपछिको अवस्था, सरकारका कामकारबाही, समसामयिक राजनीतिक घटनाक्रमलगायतबारे छलफल भएको हो।
प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को आह्वानमा प्रतिपक्षी दलहरूको बैठक बसेको हो। बैठकमा रास्वपा, राप्रपा, एकीकृत समाजवादी, लोसपा, आम जनता पार्टीका शीर्षसहित नेताहरू सहभागी रहेका थिए।
बैठकले सरकारलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ। बाढीपहिरो प्रभावितलाई सरकारले उचित राहत दिन नसकेको पनि उनीहरूको निष्कर्ष छ।
माओवादीका उपमहासचिव शक्तिबहादुर बस्नेतका अनुसार अहिलेको सरकार जनसरोकारका विषयमाभन्दा पनि पार्टीगत स्वार्थमा अल्झिएको महसुस भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।