काठमाडौं – सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग गठनबारे शीर्ष नेतामाझ सकारात्मक छलफल भएको छ।
शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन ती आयोग गठनबारे छलफल भएको माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले बताए।
बालुवाटार बैठकबाट निस्किँदै उनले भने, ‘आयोग गठन गर्नेबारे छलफल भयो। छलफल सकारात्मक भएको छ।
तत्काल सर्च कमिटीलाई पूर्णता दिएर आयोग गठन गर्ने कुरा भएको छ। एक-दुई दिन भित्रमा सर्च कमिटी गठन भएपछि आयोग गठन हुन्छ।’
छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, माओवादीबाट शक्ति बस्नेत र महान्यायाधिवक्ता रमेश बडाल सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।