काठमाडौं– उच्च अदालत विराटनगरले सुन तस्करी प्रकरणमा जिल्ला अदालत मोरङ थुनामा रहेका दुई अभियुक्तलाई थुनामै राखेर मुद्दा अघि बढाउन दिएको आदेशलाई सदर गरेको छ।
_x000D_
_x000D_
उच्च अदालतका न्यायाधीशद्धय उमेसराज पौडेल र साधुराम सापकोटाको इजलाशले उनीहरुलाई जिल्लाको आदेश सदर हुने फैसला सुनाएको हो।
_x000D_
_x000D_
अभियुक्तहरु मोहन काफ्ले र ‘कृष्ण’ भनिने नरेन्द्र कार्कीलाई थुनामा राख्ने आदेश सदर भएको हो। यसअघि उच्च अदालत विराटनगरको आदेशमा एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल र डिएसपी प्रजित केसी धरौटीमा रिहा भएका थिए। धरौटीमा छुटे लगत्तै उनीहरुको निलम्बन फुकुवा भइसकेको छ।
_x000D_
_x000D_
बुधबार उच्च अदालतमा २० अभियुक्तको निवेदन पेशीमा चढेको थियो। डिआइजी गोविन्द निरौलासहित अन्यको मुद्दा भने हटाइएको थियो।
_x000D_
_x000D_
माघको पहिलो साता साढे ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरएसँगै गायब पारिएको थियो। सुन बोक्ने भरियाको काम गरेका सनम शाक्यको मोरङको उर्लाबारीमा गत फागुन १८ गते हत्या भएको थियो। उक्त घटनाको छानबिन गर्न सरकारले २०७४ चैत २० गते गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा समिति गठन गरेको थियो।
_x000D_
_x000D_
साधारण तारेखमा रिहा गर्नुपर्ने माग राख्दै उच्च अदालत विराटनगरमा २७ जनाले निवेदन दिएका थिए। उनीहरुमध्ये ६ जनाको निवेदनमात्र सुनुवाइ भएको छ। अन्य २० निवेदन सुनुवाइ हुने क्रममा छन्।
_x000D_
_x000D_
जिल्ला प्रहरी कार्यालय मोरङले ९ प्रहरीसहित ६३ जनाविरूद्ध संगठित अपराध ऐन अनुसार मुद्दा चलाएको थियो। गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले शंका गरेपछि उनी प्रतिवादी बनाइएका थिए।
_x000D_
_x000D_
सुन गायब बनाएको भन्दै मोरङको उर्लाबारी–७ का शाक्यलाई फागुन १८ गते करेन्ट लगाएर हत्या गरिएको थियो। सुन तस्करीका मुख्य अभियुक्त ‘गोरे’ भनिने चुडामणि उप्रेतीले शाक्यलाई जंगलमा यातना दिएका थिए।
_x000D_
_x000D_
गत माघ ९ गते युएर्इबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्रिएको सुन गायब भएपछि महाशाखाको टोलीले अनुसन्धान थालेको थियो।
_x000D_
_x000D_
सरकारी छानबिन समितिले हालसम्म सुन फेला पार्न भने सकेको छैन। छानबिन समिति हाल निष्कृय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।