काठमाडौं- यस पटकको दसैं विगतका वर्षभन्दा महङ्गो हुने भएको छ। मुलुक संघीयतामा गएसँगै बनेको पहिलो स्थानीय सरकारको कर र डलरको मूल्य आकशिएका कारण दसैं महङ्गो हुने भएको हो।
_x000D_
_x000D_
यस पटकको दसैं २० प्रतिशत महंगो हुने नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले बताए। डलरको भाउ बढेकाले दसैंमा महंगी बढ्ने उनको तर्क छ। अघिल्लो वर्षको तुलनामा यस वर्ष डलर मूल्य १८ प्रतिशत नेपाली मुद्रा अवमूल्यनमा परेको छ।
_x000D_
_x000D_
नेपाली मुद्रा अवमूल्यनमा परेसँगै आम जनताले उपभोग गर्ने खाद्य पदार्थ, पोशाकदेखि विद्युतीय उपकरणसम्मका सामानमा मूल्यवृद्धि हुने भएको हो। ‘आयातमा आधारित मुलुक भएकाले डलरको मूल्यवृद्धि भएसँगै आयातित समानको मूल्य २० प्रतिशत बढ्ने छ’ उनले भने। मुलुक संघीयतामा गएसँगै स्थानीय सरकारले लगाएको दोहोरो करका कारण पनि यस पटकको दसैं महंगो हुने व्यवसायीले बताउँदै आएका छन्। यस्ता छन् यस वर्षको दसैं महंगो हुने कारणः
_x000D_
_x000D_
डलरका तुलनामा नेपाली मुद्राको अवमूल्यन
_x000D_
पछिल्लो समय अमेरिकी डलरका तुलनामा नेपाली मुद्रा निरन्तर अवमूल्यनमा पर्दै गएको छ। अघिल्लो वर्ष (२०७४ असोज १० गते) को तुलनामा प्रति डलर मूल्य १३ रुपैयाँले बढेको छ। अघिल्लो वर्ष प्रति डलरको मूल्य १ सय ३ रुपैयाँ थियो भने अहिले बढेर १ सय १६ रुपैयाँ पुगेको छ। आयातित अर्थतन्त्रमा निर्भर मुलुकमा डलर मूल्य बढेसँगै आयातित सामानको मूल्यवृद्धि हुन्छ।
_x000D_
_x000D_
तेलको मूल्यवृद्धि
_x000D_
पछिल्लो समयमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै नेपालमा पनि पटकपटक तेलको मूल्य बढेको छ। ढुवानी खर्च बढ्दा लागत बढी भइ मूल्यवृद्धि हुन पुगेको छ।
_x000D_
_x000D_
सरकारले हालै सार्वजनिक सवारीकोे भाडादर १० प्रतिशतले बढाएको छ। यसले पनि आम जनताको दसैं महंगिएको छ।
_x000D_
_x000D_
स्थानीय कर
_x000D_
स्थानीय र प्रदेश सरकारले स्रोत जुटाउन विभिन्न कर लगाएका छन्। उपभोक्तालाई स्थानीय करको अतिरिक्त भार पनि परेको छ। आयातित सामानमा लाग्ने कर तथा मूल्यांकन बढेसँगै भारतबाट आयातित चौपायाको मूल्य बढ्ने पनि बढेको छ।
_x000D_
_x000D_
स्वदेशमा उत्पादित वस्तुमा पनि स्थानीय सरकारले बाख्रादेखि अण्डासम्ममा लगाएको करले मासुको मूल्य आकासिने व्यवसायीले बताएका छन्।
_x000D_
_x000D_
बैंकको ब्याजदर
_x000D_
अधिकांश व्यवसायीले बैंकबाट व्याज लिएर व्यवसाय गर्ने हुँदा बैंकको ब्याजदर बढेसँगै व्यवसायीले सामानको मूल्य बढाउँछन्। सामान महंगीनुको कारण बैंकको ब्याजदर पनि एक हो।
_x000D_
_x000D_
यसैगरी,दसैंको पूर्वसन्ध्यामा चिनीको मूल्य प्रतिकिलो ५ देखि ६ रुपैयाँसम्म बढेको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।