काठमाडौं– प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त घटनामा स्थानीय प्रहरी अधिकृतको गल्ती भएको भन्दै उनीमाथि पनि अनुसन्धान भइरहेको बताएका छन्।
_x000D_
_x000D_
प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै खनालले कसैलाई जोगाइराख्न जरुरी नभएको भन्दै सबैमाथि कारबाही हुने स्पष्ट पारेका हुन्।
_x000D_
_x000D_
‘अपराध गर्न र त्यसलाई लुकाउन संलग्न भएको पाइएमा सबैलाई कारबाही हुन्छ।’, उनले भने, ‘एसएसपी डिल्लिराज विष्ट अनुसन्धानमा दोषी देखिए भने निलम्बन मात्र हैन, जेल नै हाल्छु।’ यस्ता घटनाको कोही पनि संरक्षक हुन नसक्ने भन्दै खनालले अपराधीलाई पक्राउ गर्न निरन्तररुपमा अनुसन्धान भइरहेको बताए।
_x000D_
_x000D_
‘मलाई पनि अहिले नै अपराधी पक्राउ परेको सुन्न मन छ,’ उनले भने, ‘तर यती सहज रुपमा यो सम्भव नभएको रहस्य हो।’ १३ वर्षपछि सुल्झेको ‘वडिखेल हत्या प्रकरण’ सम्झाउँदै महानिरिक्षक खनालले अनुसन्धान समय लगाएर हुने भएकाले धैर्य गर्न आग्रह गरे। ललितपुरको वडिखेलमा भएको एक व्यक्तिको हत्या प्रकरण खनालकै नेतृत्वमा १३ वर्षपछि सुल्झिएको थियो।
_x000D_
_x000D_
प्रहरीमा ‘चेन अफ कमान्ड’ कायमै राखेको भन्दै उनले आफूमाथि कुनै पनि राजनीतिक दबाव नरहेकाले अनुसन्धान हुनेमा शंका नर्गन आग्रह गरे। अभियोजन नभई अनुसन्धान चलिरहेको समयमा जनदबाव आएपछि अनुसन्धानका लागि पक्राउ परेका व्यक्ति दिलिपसिंह विष्टलाई सार्वजनिक गरिएको उनले बताए। अनुसन्धान पुरा नभई गरिएको उक्त कार्यमा गल्ती भएको उनले स्वीकार गरे।
_x000D_
_x000D_
‘यसरी अनुसन्धान पुरा नहुदाँ जनामास सम्बोधन गर्न गरिएको उक्त कार्य प्रतिउत्पादक भयो।’, उनले भने, ‘यसमा प्रहरीको नियत गलत थिएन।’
_x000D_
_x000D_
घटना भएको भोलिपल्टै आफूले आवश्यक निर्देशन दिएको भन्दै उनले आफूसमेत उक्त क्षेत्रमा गएर वस्तुस्थितिको अवलोकन गरेको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।