काठमाडौं – बडादशैँ अन्तर्गत टीकाको दोस्रो दिन काठमाडौं उपत्यकामा चहलपहल बढ्न थालेको छ।
उपत्यकाका विभिन्न स्थानमा टीका थाप्न जाने सर्वसाधारणको चलहपहल देखिएको हो। मान्यजनको हातबाट टीका ग्रहण गर्न जानेहरूको पनि चोक चोकमा चहलपहल देखिन्छ।
दशैँमा सुनसानजस्तै देखिने सडकहरूमा सवारी साधनको संख्या बाक्लिएको छ। उपत्यकाका सडकमा आइतबार विशेषगरी निजी चार पाङ्ग्रे र दुईपाङ्ग्रे सवारी साधन धेरै चलेको ट्राफिक प्रहरीले जनाएको छ।
सार्वजनिक सवारी साधन भने पातलो लागेकाले आवातजावत गर्न समस्या भइरहेको सर्वसाधारणहरु बताउछन्।
फूलपातीदेखि सडकमा ह्वात्तै सवारी चाप घटेको थियो तर आजदेखी दशैँ मनाउन गएकाहरू पनि उपत्यका भित्रिन थालेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।