काठमाडौं- सत्तापक्षकै सांसद विरोध खतिवडाले पछिल्लो समय देखिएका आपराधिक घटनाले मुख देखाएर हिड्न लाज हुने स्थिति सृजना भएको बताएका छन्।
_x000D_
_x000D_
प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद् खतिवडाले कुनै पनि घटनामा आयोग बनाउने र प्रतिवेदन आएपछि छानबिन सुरु गर्छौ भन्नुले स्थायी राज्य संयन्त्र नभए जस्तो देखिएको बताए।
_x000D_
_x000D_
‘निर्मला हत्या काण्डको विषयमा धेरै प्रसङ्ग उठ्यो। आयोगको प्रतिवेदन आउनु पर्छ रे। हत्या, बलात्कार, ज्यान मार्ने, चोरी डकैती सबैमा आयोग बनाउने अनि प्रतिवेदन आएपछि को कहाँ लुकेको छ भनेर खोज्दै हिड्ने?’ सांसद खतिवडाले भने, ‘आयोग बनाउने, टोली खटाउने, प्रतिवेदन आउँछ पर्खनुस् भन्ने? अनि प्रतिवेदन आएपछि छानबिन सुरु गर्ने हो कि? स्थायी रुपले राज्यको संयन्त्रबाट छानबिन गर्ने?’
_x000D_
_x000D_
सांसद खतिवडाले राज्यको स्थायी संयन्त्रलाई तलब खुवाएर राख्नु भन्दा विघटन गर्नु राम्रो भएको बताए।
_x000D_
_x000D_
ऊखु किसानको पैसा भुक्तानी गर्ने नाममा १५ प्रतिशत भन्सार दरमा आयात हुने चिनीलाई सरकारले चीनी माफियाको माग अनुसार ३० प्रतिशत भन्सार छुट दिएको बताए।
_x000D_
_x000D_
माफियाका कारण अहिले ३० प्रतिशत भन्सार छुटले पनि नपुगेर चिनी आयात रोकिएको सांसद खतिवडाको दाबी गरे। केही दिनअघि ५४ रुपैयाँमा आएको चिनी ६४ रुपैयाँ भन्दा बढीमा बेच्दैनौं भनेर प्रधानमन्त्री कार्यालयमा प्रतिज्ञा गरेका माफियाले चिनीको मूल्य चर्को बनाएको खतिवडाले आरोप लगाए।
_x000D_
_x000D_
‘बजारमा चिनीको भाऊ अाकाशिएको छ। मैले बिहान किन्दा किन्दा ८५ रुपैया थियो। माफियाहरु गर्वका साथ घोषणा गर्दै हिडेका छन् दशैं तिहारमा १ सय रुपैया नघाउँछौं भनेर।’ सांसद खतिवडाले भने, ‘यो निरिहता कस्को हो? चिनीको चास्नीमा लटपटिएका झिँगा समयक्रममा खुल्दै जानेछन्।’
_x000D_
_x000D_
एक अर्को प्रसंगमा उनले अन्तर्राष्ट्रिय निजगढ विमानस्थलको विषयमा पनि कडा टीप्पणी गरेका छन्। डिपिआरदेखि केही काम सुरु नभएको अवस्थामा रुख काट्ने र बेचिहाल्ने मानसिकताप्रति सांसद खतिवडाले आपत्ति जनाए। ‘दौरा न सौराको खल्ती भनेको यही हो। अहिलेको आधुनिक युगमा सबै सम्झौता गर्नुहोस् । दुई महिनामा ती रुख हटाइदिन म सक्छु।’ सांसद खतिवडाले भने, ‘लाज भन्ने कुरा हुँदैन, अलिकति पनि सरम भन्ने छैन, दिनदहाडै डाकागिरि?’ उनले प्रतिप्रश्न गरे।
_x000D_
_x000D_
सम्झौताको अन्तिम टुङ्गो नभएसम्म बाराका रुखमा जस्ले हात हाल्छ, त्यो हत्यारा ठहरिने चेतावनीसमेत उनले दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।