काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीको अवसरमा सर्वसाधारणलाई टीका लगाइदिएका छन्।
शनिवार अपराह्न ४ बजेबाट पूर्वराजा शाहले विजया दशमीको सर्वसाधारणलाई टीका लगाइदिएका हुन्।
पूर्वराजा शाहको हातबाट टीका ग्रहण गर्न निर्मल निवासमा सर्वसाधारणको लाम रहेको थियो।
पूर्वराजा शाहले हरेक वर्ष वडा दशैंको विजया दशमीको दिन सर्वसाधारणलाई पनि टीका लगाउँदै आएका छन्।
दुर्गापक्षको मुख्य दिन मान्यजनको हातबाट नवदुर्गाको प्रसाद ग्रहण गर्नुअघि विधिपूर्वक नौ दिनसम्म नवदुर्गाको आह्वान गरी पूजा आराधना गरिएको दशैंघर वा पूजा कोठामा देवी विसर्जन गरिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।