काठमाडौं– कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त प्रकरणमा नयाँ रहस्य सतहमा आएको छ। संसदको राज्य व्यवस्था समितिमा बोल्दै गृहमन्त्री रामबहादुर थापाले घटनाका सम्बन्धमा नयाँ तथ्य सार्वजनिक गरेका हुन्।
_x000D_
_x000D_
घटनाका बारे मन्त्री थापाले प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था समितिमा गराएको जानकारीअनुसार प्रहरीले निर्मलाका बुवा यज्ञराजको फर्जी औंठाछाप गराएको बुझिएको छ। निर्मलाको शव गत साउन ११ गते भेटिएको थियो। सोही दिन प्रहरीले उठाएको मुचुल्कामा निर्मलाका बुवाको औंठाछाप गराइएको गृहमन्त्री थापाले बताए। तर, यसअघि निर्मलाका बुवा भने १२ गतेमात्र भारतबाट फर्किएको बताइएको थियो। भारतमै रहेको व्यक्तिले कसरी घटनास्थलमा पुगेर औंठाछाप लगाए? भन्ने बारेमा भने उनले खुलाएनन्।
_x000D_
_x000D_
१३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्याको घटनामा स्थानीय प्रहरीले गम्भीर गल्ती गरेको गृहमन्त्री थापाले स्वीकारेका छन्।
_x000D_
_x000D_
एक महिना लामो अनुसन्धानपछि सरकारले गठन गरेको छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा गृहमन्त्री थापाले नयाँ खुलासा गरेका हुन्। घटना भएपछि प्रहरीले प्रमाण मेटाउन कुन हदसम्म काम गर्यो भन्दै प्रश्न उठिरहेको अवस्थामा गृहमन्त्री थापाले नयाँ सन्दर्भ बाहिर ल्याउँदै भने, ‘निर्मला पन्तको ११ गते मुचुल्का उठाइएको छ, जसमा बुवाको औँठाछापसमेत छ। तर, बुवा १२ गते मात्र भारतबाट आएका हुन्। निर्मलाले लगाएका लुगासमेत खोलेर जलाइएको भेटियो। अनुसन्धानमा प्रहरीले मनपरी गरेको छ।’
_x000D_
_x000D_
गृहमन्त्री थापाले सरकारले कञ्चनपुर घटना विवादास्पद बन्दै गएपछि भदौ ७ गते छानबिन गर्न गठन गरेको समितिको प्रतिवेदनका आधारमा थप कारबाही गर्ने बताए। सरकारले कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनालीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो। १५ दिनभित्र अनुसन्धान गरेर प्रतिवेदन बुझाउन भनिए पनि अनुसन्धान जटिल बन्दै गएपछि अर्को १५ दिन म्याद थप गरिएको थियो।
_x000D_
_x000D_
घटना दबाउन प्रहरीले मुख्य अभियुक्तका रुपमा २४ वर्षीय दिलिपसिंह विष्टलाई समातेको थियो। उनको डिएनए परीक्षण नमिलेपछि जिल्ला अदालतले रिहाको आदेशसमेत दिइसकेको छ।
_x000D_
_x000D_
निर्मला पन्तको हत्या भएको २ महिना बितिसक्दा पनि प्रहरी हत्यारानजिक पुग्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।