काठमाडौँ- बडादशैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने गरीन्छ।
आजदेखी शुरु भएको बडादशैँ असोज ३० गते कोजाग्रत पूर्णिमादेखि पनि सकिनेछ।
अधिकांश नेपालीहरुले रातो टिका ग्रहण गर्छन भने पुर्वी नेपालका विशेष गरी आदिवासी जनजातिहरु : राई,लिम्बु,धिमाल,तामाङ र अन्य केहि जातीहरुले सेतो टिका लगाएर मनाउछन्।
किराँती किम्बदन्ती अनुसार अरु वशंले आफ्ना पुर्वजहरुको बिनास गरेको दिन मनाएको उत्सव नै बडादशैँ भएकाले रातो टिका चै पुर्वजहरुको रगतमा मुछेको हो भन्ने गरीन्छ।
मोरङकी सामाजिक अभियान्ता बिमला राईले नेपाल लाइभ सगं भनिन् ,‘खास गरी दशैँ हाम्रो होइन तर आजकल सेतै टिका लाएर भएनी मनाउने चलन छ। अझै पनि हामी मात्र होइन् अन्य धेरै आदिवासी जनजातिका मानिसहरुले दशैँ मनाउदैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।