काठमाडौं– लाश जलाउन क्रममा विवाद हुँदा रौतहटमा २० राउन्ड हवाई फायर भएको छ। गरुडा नगरपालिका-९, श्रीपुरस्थित घाटमा लाश जलाउन क्रममा विवाद हुँदा गोली चलेको रौतटहका एसपी केदार ढकालले पुष्टि गरे।
_x000D_
_x000D_
केही दिनअघि मात्र श्रीपुरस्थित घाटमा लाश नजलाउने सहमति भएको थियो। सहमति उल्लङ्घन गरी लाश जलाउन लागेपछि विवाद हुँदा स्थिति नियन्त्रणमा लिन हवाई फायर गरिएको प्रहरीले जानकारी दिएको छ।
_x000D_
_x000D_
घाट वरपर बस्ति बढेपछि घाट अन्यत्र सार्न स्थानीय जनप्रतिनिधिबीच समहमति भएको थियो। तर सहमति उल्लङ्घन गरेर लाश जलाउन लागेपछि प्रहरीले रोकेको थियो’ एसपी ढकालले नेपाल लाइभलाई भने ‘करीब हजार, बाह्र सय मान्छे उठेर हुलदुङ्गा गरेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गरिएको हो। अहिले स्थिति सामान्य बन्दै गएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।