काठमाडौं- वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बाराको निजगढमा प्रस्तावित दाेस्राे अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे सकारात्मक चासोको सम्मान गर्दै कमभन्दा कम वातावरणीय क्षतिमा विमानस्थल निर्माण गरेरै छाड्ने बताएका छन्।
_x000D_
_x000D_
प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा सांसदले उठाएका जिज्ञासाको जवाफ दिँदै बस्नेतले विमानस्थल निर्माणबारे केहीले सकारात्मक चिन्ता जाहेर गरेको भए पनि केहीले स्थानीय स्वार्थ र राजनीतिक स्वार्थका आधारमा बहस चलाएको टीप्पणी गरे।
_x000D_
_x000D_
'न्यून वातावरणीय क्षतिमा विमानस्थल बन्नुपर्छ, यससम्बन्धी सकारात्मक चासो, चिन्ता र जिम्मेवारीबोध सहित जैविक विविधताको संरक्षणबारे उठाइएका सवालमा सरकारले उचित सम्मान तथा सम्बोधन गर्छ' उनले भने। विकास र वातावरणलाई एकअर्काका विरोधीका रूपमा नभई पूरकका रूपमा अगाडि बढाउनुपर्ने उनको भनाइ थियो।
_x000D_
_x000D_
झन्डै ४५ प्रतिशत वन क्षेत्र भएपनि काठको आयात हुनु विडम्बना भएको उल्लेख गर्दै मन्त्री बस्नेतले मुलुकलाई काठमा आत्मनिर्भर बनाई निर्यातको योजना अघि बढाएको जानकारी गराए। वनको दिगो व्यवस्थापन, ढलापडा काठको प्रभावकारी उपयोग र निजी वनबाट उत्पादित काठको ओसारपसारमा कानूनी सहजता अपनाएर काठको आयात निरुत्साहित गर्ने उनले बतााए।
_x000D_
_x000D_
बैठकमा वन सचिव डा विश्वनाथ ओलीले मन्त्रालय र मातहातका निकायका गतिविधि एवं योजनाका बारेमा जानकारी गराउँदै प्राकृतिक स्रोत साधनको उपयोग र संरक्षण सँगसँगै गर्ने मन्त्रालयको नीति रहेको बताए।
_x000D_
_x000D_
समिति सभापति पूर्णकुमारी सुवेदीको अध्यक्षतामा भएको बैठकमा सांसदहरू शान्तिमाया तामाङ, सत्यनारायण शर्मा, शान्ता चौधरी, भूमी त्रिपाठी, सीतादेवी यादव, राधा ज्ञवाली, दलबहादुर रानालगायतले मन्त्रालयका कामकारबाहीका सम्बन्धमा जिज्ञासा राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।