एजेन्सी – बङ्गलादेशका क्रिकेट खेलाडी साकिब अल हसनले विद्यार्थी नेतृत्वको आन्दोलनका क्रममा मौन बसेकोमा माफी मागेका छन्।
हसनले बुधबार आफ्नो आधिकारिक फेसबुक पेजमा एक लामो नोट लेख्दै प्रदर्शनका क्रममा नबोलेकोमा माफी मागेका हुन्।
अपदस्थ प्रधानमन्त्री शेख हसिनाको पार्टीका दर्जनौं व्यक्तिहरूमध्ये ३७ वर्षीय शाकिबले पनि बङ्गलादेशमा भएको विद्रोहको क्रममा प्रदर्शनकारीहरूमाथि घातक प्रहरी दमन र हत्याको लागि अनुसन्धानको सामना गरिरहेका छन्।
बङ्गलादेशको क्रिकेटका पूर्व कप्तान साकिब सन् २०२४ को सुरुमा भएको संसदीय निर्वाचनमा सांसद निर्वाचित भएका थिए। अगस्टमा हसिनाको राजीनामापछि संसद विघटन नभएसम्म र अशान्तिको चरम समयमा छिमेकी भारतमा निर्वासित नभएसम्म उनले बङ्गलादेशको सांसदको रूपमा सेवा गरेका थिए।
बङ्गलादेशको स्वास्थ्य मन्त्रालयका अनुसार हसिनालाई सत्ताच्युत गर्नुअघि भएको अशान्तिमा परी ७०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो।
आन्दोलनका समय शाकिब क्यानडामा घरेलु ट्वन्टी–२० क्रिकेट प्रतियोगिता खेलिरहेका थिए र त्यसपछि उनि बङ्गलादेश फर्केका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।