• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक २७, २०८२ Thu, Nov 13, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

यातायात निर्देशिका लत्याउँदै मन्त्री महासेठ, सिन्डिकेट सुरक्षामा अनेक बहाना [भिडियो]

64x64
नेपाल लाइभ बुधबार, असोज १०, २०७५  ०९:५०
1140x725

काठमाडौं– यातायात व्यवस्था विभागले गत चैत १८ गते ‘यातायात व्यवस्थापन कार्याविधि निर्देशिका, २०६०’ लाई संशोधन गर्दै समितिको सिफारिसमा दिँदै आएको सवारी रुट इजाजत बन्द गर्ने निर्णय गर्‍यो। निर्णयसँगै विभागका तत्कालीन महानिर्देशक रुपनारायण भट्टराईले ‘सवारी तथा यातायात व्यवस्थापन ऐन २०४९ ले यातायात समिति नचिन्ने’ बताएका थिए।

_x000D_ _x000D_

विभागको निर्णयलगत्तै व्यवसायीले बैसाख ११ गतेबाट १५ दिनभन्दा लामो आन्दोलनको घोषणा गरे। व्यवसायीको आन्दोलनपछि मन्त्रिपरिषद् बैठकले ‘संस्था ऐन, २०३४’ अनुसार दर्ता भएका विभिन्न नामका यातायात समिति असार मसान्तपछि नविकरण नहुने र नयाँ दर्ता पनि नगरिने निर्णय गर्‍यो।

_x000D_ _x000D_

प्रधानमन्त्री तथा गृहमन्त्रीको सहयोगमा यातायात व्यवस्था विभाग सार्वजनिक सवारीमा ४० वर्षदेखि रहेको ‘सिन्डिकेट’ अन्त्य गर्ने काम अगाडि बढ्दै थियो। तर, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बैसाख २३ गते व्यवसायीसँग वार्ता गर्दै विभागले चैत १८ गते लागू गरेको निर्देशिकाभन्दा बाहिर गएर सवारी सञ्चालनमा रुट इजाजत दिने निर्णय गरे। 

_x000D_ _x000D_

विभागले निर्देशिका जारी गर्दा सवारी सञ्चालनको रुट इजाजतका लागि यातायात समितिको साटो कम्पनी वा फर्म, कम्पनी ऐनअनुसार पञ्जीकृत हुनुपर्ने व्यवस्था गरेको थियो। कम्पनी वा फर्म हुनका लागि न्यूनतम ५ वटा सवारी भएको हुनुपर्ने निर्देशिकामा उल्लेख थियो। तर, मन्त्रीले व्यवसायीको दबाबमा एउटा बस पनि कम्पनी मोडलमा आउन सक्नेगरी इजाजत दिने काम गरे। 

_x000D_ _x000D_

त्यतिमात्रै नभई मन्त्री महासेठले तत्कालीन महानिर्देशक रुपनाराण भट्टराईलाई विभागबाट फिर्ता बोलाएर व्यवसायीसामु लचकता देखाए।

_x000D_ _x000D_

बुधबार विकास समितिको बैठकमा बाेल्दै मन्त्री महासेठ:

_x000D_ _x000D_

_x000D_ _x000D_

सार्वजनिक सवारी सञ्चालनमा सिन्डिकेट अन्त्यसँगै सरकारले थप काम गर्नुको सट्टा फेरि मन्त्री महासेठले मन्त्रिपरिषद्ले गरेको गैरनाफामूलक संस्थाको रुपमा दर्ता भएका यातायात समितिको खाता रोक्का गर्ने निर्णय लत्याउँदै त्यस्ता यातायात समितिको खाता खुलाउनतर्फ लागे। मन्त्री महासेठले असार मसान्तपछि स्वतः खारेज हुने समितिको समय आवश्यक तयारी नपुगको भन्दै मंसिर मसान्तसम्म थप्ने निर्णय गरेका थिए।

Ncell 2
Ncell 2
_x000D_ _x000D_

साथै, मन्त्री महासेठले असारको अन्तिममा रोक्का गरिएको यातायात समितिको खातामा रहेको सम्पत्ति निकाल्ने अर्को जुक्तिसमेत गरे। उनले जिल्ला प्रशासन कार्यालयमार्फत आवश्यक भैपरी आउने खर्चका विवरणसहित रकम निकासी गराउने निर्णय गरेका थिए। 

_x000D_ _x000D_

सोपश्चात् यातायात व्यवसायीले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विषयलाई लिएर दसैंको अग्रिम टिकट ‘बुकिङ’ नखुलाउने चेतावनी दिँदै विरोधमा उत्रिए। तर, ‘सिन्डिकेट’ लगाउँदै आएका समिति बाहेकका यातायात कम्पनीहरुले भने सरकारसँग भएको सहमति अनुसार नै असोज ५ गतेबाट टिकट बुकिङ खुला गरे। 

_x000D_ _x000D_

व्यवसायीले पेट्रोलियम पदार्थको मूल्य फिर्ताको माग गरिरहेको बेला मन्त्रालयका सचिव मधुसुदन अधिकारीलाई व्यवसायीसँग वार्ता गर्न निर्देशन दिए। मन्त्रीको निर्देशनपछि सचिव अधिकारी व्यवसायीसँग १० प्रतिशत भाडा बढाउने र समितिको खाता फुकुवा गर्न गृह मन्त्रालयसँग अनुरोध गर्नेमा सहमत भए। सो निर्णयपछि व्यवसायीले असोज ९ गतेबाट नै अग्रिम टिकट ‘बुकिङ’ खुलाउने निर्णय गरे।

_x000D_ _x000D_

‘सिन्डिकेट’ सुरक्षामा बारम्बार व्यवसायीको मिलोमतोमा काम गर्दै आएका मन्त्री महासेठले अन्ततः बुधबार सिंहदरबारमा बसेको विकास तथा प्रविधि समितिको बैठकमा पहिलेको नियममा नयाँ सवारी चलाउँदा मात्र कम्पनीमा दर्ता गर्नुपर्ने र चलिरहेका सवारीलाई पुरानै समितिअनुसार नै चलाउने व्यवस्था भएको जानकारी गराएका छन्। सो क्रममा उनले ‘सिन्डिकेट’ अन्त्य नभएको भन्दै यातायात समितिलाई वैधानिकता दिने बताए। 

_x000D_ _x000D_

उनले समितिको बैठकमा सामान्य नियम परिर्वतन गर्न बाँकी रहेकाले पनि ‘सिन्डिकेट’ अन्त्य नभएको जवाफ दिएका छन्। यातायातमा रहेको सिन्डिकेट कहिले अन्त्य हुन्छ भन्ने सांसदहरुको जिज्ञासामा मन्त्री महासेठले मंसिरसम्ममा नियम परिवर्तन गरेर भएपनि ‘सिन्डिकेट’ अन्त्य गर्न प्रयास गर्ने जवाफ दिए।

प्रकाशित मिति: बुधबार, असोज १०, २०७५  ०९:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
डिम्ब तस्करीमा होप फर्टिलिटी मुद्दा नचलाउने निर्णय, महान्याधिवक्ता भण्डारीको लगानी र छोरी कार्यरत रहेको खुलासा
२ महिनामा शान्ति सुरक्षा सामान्य अवस्थामा ल्याउन सफल भयौँ : गृहमन्त्री अर्याल
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक बिहीबार, कात्तिक २७, २०८२
डिम्ब तस्करीमा होप फर्टिलिटी मुद्दा नचलाउने निर्णय, महान्याधिवक्ता भण्डारीको लगानी र छोरी कार्यरत रहेको खुलासा बिहीबार, कात्तिक २७, २०८२
२ महिनामा शान्ति सुरक्षा सामान्य अवस्थामा ल्याउन सफल भयौँ : गृहमन्त्री अर्याल बिहीबार, कात्तिक २७, २०८२
श्रीलङ्काद्वारा अवैध शिकार गरेको आरोपमा ३२८ जना भारतीय माझी पक्राउ बिहीबार, कात्तिक २७, २०८२
निवर्तमान आईजीपी खापुङलाई विदेश भ्रमण र उपत्यका छाड्न रोक बिहीबार, कात्तिक २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेकपामा मिसियो भीम रावलको जागरण अभियान, ७ बुँदे सहमति पत्रमा हस्ताक्षर बुधबार, कात्तिक २६, २०८२
इजरायली राष्ट्रपतिलाई ट्रम्पको आग्रह : प्रधानमन्त्री नेतान्याहूलाई माफी दिनुस् बुधबार, कात्तिक २६, २०८२
निर्वाचन आयोगले वामदेव गौतम नेतृत्वको पार्टी खारेज गर्‍यो बुधबार, कात्तिक २६, २०८२
ललितपुरमा स्कुटरलाई ठक्कर दिएर ११ लाखको सिक्री लुटपाट बुधबार, कात्तिक २६, २०८२
दुर्गा प्रसाईं समूहका २७ बुँदे माग : प्रदेश खारेज गरेर ५ विकास क्षेत्रदेखि ऋण मिनाहासम्म बुधबार, कात्तिक २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
३ दिनपछि झिनो अंकले बढ्यो सेयर बजार, ४ कम्पनी १० प्रतिशत बढे मंगलबार, कात्तिक २५, २०८२
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित शनिबार, कात्तिक २२, २०८२
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
ऋषि धमलाको संरक्षकत्वमा ‘जनादेश पार्टी नेपाल’ पार्टी दर्ताका लागि आयोगमा निवेदन मंगलबार, कात्तिक २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्