काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघका सबै सदस्य राष्ट्रलाई अन्तराष्ट्रिय शान्ति र सुरक्षाका विषयमा दृढ भएर उभिन आग्रह गरेका छन्। संयुक्त राष्ट्रसंघको उच्चस्तरीय शान्ति स्थापना कार्यक्रम ‘एक्सन फर पिस किपिङ’मा सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्।
_x000D_
_x000D_
‘विश्वभर देखा परेका द्वन्द्वको प्रकृति र गतिशीलता गहन र बहुपक्षीय बन्दै गएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यस्तो समयमा शान्ति स्थापना गर्न अग्रसर हुनु पर्नेमा हामी स्रोत÷साधनको अभावसँग जुधि रहेका छौं।’
_x000D_
_x000D_
‘सबै प्रकारका द्वन्द्वले फरक–फरक उत्तर माग्छ। द्वन्द्वले निम्त्याएको समस्या राजनीतिक समाधानको विकल्प हुँदैन’, प्रधानमन्त्री ओलीले नेपालको शान्ति प्रक्रियाको उदाहरण दिँदै भने, ‘मेरो आफ्नै देशको उदाहरणले पनि द्वन्द्व समाधान गर्न राजनीतिक दलले अग्रसरता लिनुपर्ने बताउँछ। महिलाको उचित प्रतिनिधित्वले पनि शान्ति स्थापनामा महत्वपूर्ण भूमिका खेल्छ।’
_x000D_
_x000D_
प्रधानमन्त्री ओलीले यस वर्ष नेपालले संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा सहभागी हुन थालेको ६० वर्ष मनाउन लागेको स्मरण गराए। उनले भने ‘यस अवधिमा नेपालले शान्ति स्थापनाका लागि १ लाख ३६ हजार युवाले सेवा प्रदान गरेका बताए।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।