काठमाडौं– प्रकाशमान सिंह राउत प्रधानन्यायाधीश नियुक्त भएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १२९ को उपधारा २ अनुसार संवैधानिक परिषद्को सिफारिसमा नियुक्त गरेका हुन्।
परिषद्को सिफारिस पछि संसदीय सुनुवाइ समितिले राउतको नाम अनुमोदन गरेको थियो।
उनलाई आजै शपथ गराउने तयारी राष्ट्रपति कार्यालयले गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।